Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

धनगढीमा दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक मेला हुने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ चैत । आगामी चैत्र २३ देखि २६ गतेसम्म सुदूरपश्चिमको धनगढीमा दोस्रो शैक्षिक मेला २०६८ आयोजना हुने भएको छ। सुदूरपश्चिमेली विद्यार्थी एकता समाजले धनगढी कैलालीमा मेला आयोजना गर्न लागेको हो।

बुधबार राजधानीमा विचार गोष्ठीको आयोजना गर्दै सुदूरपश्चिम विद्यार्थी एकता समाजले अन्तर्राष्ट्रिय शैक्षिक मेला गर्न लागेको जानकारी गराएको हो।

विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा. डा. जयराज अवस्थीले सुदूरपश्चिममा नेता धेरै जनता थोरै, काम गर्ने कम भाषण गर्ने धेरै, माग्ने धेरै दिने कम भएकाले सुदूरपश्चिमले शिक्षाबाट बञ्चित हुनुपरेको दावी गरे।

उनले भने- म सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति भएर आउँदा आफूले सुदूरपश्चिममा एउटा राम्रो विश्वविद्यालय बनाउने अठोट गरेको भएपनि यहाँको लक्ष्यविहीन राजनीतिक दाउपेचले गर्दा आफ्नो उद्धेश्यमा खिया लाग्दै गएको भन्दै निरासा व्यक्त गरे।

सुदूरपश्चिम जागरण मञ्चका संयोजक पुष्करराज जोशी (लख्खभाइ) ले मेडिकल कलेज, विश्वविद्यालय, अस्पताल आदिले पिछडिएको सुदूरपश्चिमलाई शैक्षिक मेलाले नयाँ नेपालको नयाँ सुदूरपश्चिम बनाउने विश्वास व्यक्त गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by