प्रेस बिज्ञप्ति
मिति : १३ जुलाई २०१३
राहत तथा उद्धार तदर्थ समिति युएइले बाढी पीडित नेपालीको सहयोगार्थ जिन्सी तर्फ लत्ता कपडा तथा आर्थिक सहयोग उपलब्ध गराउनका लागि युएइमा रहनु भएका नेपालीहरुसंग गरेको अपिल पश्चात युएईब्यापी रुपमा यहाँ कार्यरत नेपालीहरुबाट अत्यन्तै सकारात्मक प्रतिक्रियाका साथ यहाँको सबै क्षेत्रबाट सहयोग गर्न इच्छा प्रकट गर्नु भएकोप्रति यस राहत तथा उद्धार तदर्थ समिति युएई सहयोग गर्न चाहने सबैमा धन्यबाद ज्ञापन गर्दछ।

यस राहत संकलन कार्यमा ऐक्यबद्धता जनाउदै कतिपय स्थानमा यहाँ क्रियाशील नेपाली संघ संस्थाहरु अघि सरेर राहत संकलनमा सरिक भएका छन भने अन्य कतिपय स्थानमा समाजसेवी नेपालीहरु यस कार्यमा अग्रसर भएर खटिईरहनु भएको छ। साथै यस युएई प्रवासमा क्रियाशील विभिन्न संघ संस्थाहरुले यस अभियानमा आफ्नो सहयोग र समर्थन रहने कुरा बताई सकेका छन्। हामी सबै मिलेर अघि बढेमा असंभव केहि रहेनछ भन्ने कुरा यस अभियानबाट क्रमश: पुष्टि हुदैछ।

यस अभियानमा सरिक भएर आफू सक्दो सहयोग गर्न इच्छुक महानुभावहरुको सहजताका लागि सबै क्षेत्रमा राहत संकलकनका लागि प्रतिनिधिहरुको ब्यबस्था गरिएको छ। आफुलाई पायक पर्ने स्थानका प्रतिनिधिहरुलाई सम्पर्क गरि आफूले सहयोग गर्ने जिन्सी तथा आर्थिक सहयोग हस्तान्तरण गरि यस अभियानलाई युएईव्यापी रुपमा सफल बनाइदिनका लागि हामी सम्पूर्ण युएईवासी नेपालीहरुलाइ आग्रह गर्दछौं।


सहयोग हस्तान्तरणका लागि सम्पर्क :

राहत तथा उद्धार तदर्थ समिति युएईका त्रिलोचन कोइराला 055-2546778 ( अल कुज एरिया ), उत्तम अधिकारी 050-5365629( आबुधाबी), दिपक राज पौडेल 055-1040943(दुबई), गोपाल कंडेल 055-5578158 (जेबेल अलि फ्रीजोन), बिदुर राउत 055-9018868( शारजाह), रमेश गिरि 055-3495207(अलकुज एरिया), राजु खड्का 055-1650872(शारजाह), भिम कुमार अधिकारी 055-1883105(दुबई), काशिं काफ्ले 055 5117835( अल कुज एरिया ), उमेश राई 055-1881803(मुसाफा / आइक्याड)

संघ संस्था तर्फ :
आबुधाबी –प्रवासी नेपाली युवा संघ युएईका चेतन थापा 055-4680090, सर्वदा वांगमय प्रतिष्ठानका दिपराज नेयोङ्हांग 055-8550260, मुसाफा / आइक्याड – सेक्युरिटी समाजका तेजु राइ : 055-2979749, तामांग समाजका राम मोक्तान 050-1925717 र शुक्रबीर तामांग 050-8154480, आबुधाबी मफ्रक एरिया – पुरन महतो 055-7483972, अजमान – अर्घाखाँची सम्पर्क समितिका इश्वरी पन्थी 0553242709,, शारजाह – अर्घाखाँची सम्पर्क समितिका इश्वरी थापा 0508073384, अल ऐन – अल ऐन राहत तथा उद्धार कोसका इन्द्र बहादुर घिमिरे 055-9590798, मगर संघ अल ऐनका रिजन सिंजाली 055-3761227, अलकुज एरिया – पदम न्यौपाने 055-5834008, बाग्लुंग सेवा समाजका खिमलाल पाण्डे: 055-2382605, जेबेल अलि – कमल पाठक 055-7470442, पथरी युवा समाज युएईका पदम थापा 055-8384327, चितवन समाज युएईका श्याम पोख्रेल 055-4636551
साथ साथै युएई भर बाट तामांग समाज युएई, स्याङ्जा सेवा समाज युएई ,बाग्लुंग समाज युएई, पथरी युवा समाज युएई, चितवन समाज युएई, अर्घाखाँची सम्पर्क समिति युएई, प्रवासी नेपाली युवा संघ युएई लगायत सम्पूर्ण सामाजिक, राजनीतिक, जातीय तथा क्षेत्रीय संघ संस्थाहरुसंग सम्पर्क गर्न सकिने जानकारी गराउदछौं।

उत्तम अधिकारी त्रिलोचन कोइराला
(सचिव) (संयोजक)


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.