Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बहुविवाह र दहेजविरुद्ध बंगलादेशी संस्थासंग सहकार्य

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ चैत । बंगलादेशमा बहुविवाह र दहेजका कारण महिलामाथि हुने अन्यायविरुद्ध लडने एक बंगलादेशी संस्थाले नेपालमा पनि त्यसका विरुद्ध सहकार्य गरेर लड्न प्रस्ताव गरेको छ।

बुधवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरेर इन्टरनेशनल डाईलग एड फाउण्डेसन आईडीएएफले त्यस्तो प्रस्ताव गरेको हो।

पत्रकार सम्मेलनमभा बोल्दै संस्थाका अध्यक्ष मजहरुल इस्लामले बंगलादेशमा आफ्नो संस्थाले चलाएको अभियानले त्यहाँका महिलाले न्याय पाउनुका साथै त्यस्ता मानवअधिकार विरोधी घटनामा कमी आएको दावी गर्दै बंगलादेश र नेपालको समाजमा समानता रहेकोले बंगलादेशको अनुभवलाई नेपाली महिलाको हितमा उपयोग गर्न आफूहरु नेपालमा सहकार्य गर्न आएको बताए।

उनले आगामी दिन नेपाली सामाजिक संस्था र सरकारसँगको छलफलपछि कहिले कस्तो कार्यक्रम लिएर आउने भन्ने विषयमा निर्णय लिईने समेत जानकारी पत्रकार सम्मेलनमा दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by