पत्रकारलाई मानवअधिकारको क्षेत्रमा समेत क्रियाशील वनाउने र पत्रकारिता पेशालाई समुदायप्रति जवाफदेही वनाउने उद्देश्यले गठन भएको मानवअधिकार पत्रकार संघ –(हुर्जा) नेपालले अहिले के गरिरहेको छ? यसैको सेरोफेरोमा मानवअधिकार पत्रकार संघका कन्द्रीय महासचिव गणेशप्रसाद घिमिरेसंग मणिकुमार श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश…
मानवअधिकार पत्रकार संघ गठन गर्नुको उद्देश्यको बारेमा वताइदिनुस् न?
–यो मानवअधिकार पत्रकार संघ जसलाई हामीले छोटकरीमा हुर्जा भन्छौं। यो आजभन्दा आठ वर्ष अगाडि २०६१ साल पुष १२ गते स्थापना भएको हो। जतिखेर नेपालमा सशस्त्र द्वण्द्व चरम उत्कर्षमा पुगेको थियो । त्यतिखेर प्रत्येक दिन हामी सञ्चारका माध्यमहरुबाट मानवअधिकार उलङ्घनका घटनाहरु व्यक्ति हत्या भएको, काही व्यक्तिलाई अपहरण गरिएको त्यस्तै विभिन्न राज्यपक्षबाट र विद्रोबिद्रोही पक्षबाट पनि मानवअधिकार उलङ्घन र व्यक्ति हत्याका धेरै घटनाहरु समाचारका प्रकाशित तथा प्रशारित भएका हुन्थे । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नेपालमा सशस्त्र द्वण्द्वको बारेमा नेपालमा युद्ध भएको अवस्थामा नेपालको मानवअधिकार उलङ्घनका घटनाहरु नेपालमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा पनि नेपालमा एउटा सशस्त्र द्वण्द्वले देशलाई नराम्रो वाटोतिर लगिरहेको सन्देश दिईरहेको थियो । त्यही अवस्थामा हामी विभिन्न सञ्चार माध्यमहरुमा मानवअधिकार विषयलाई विट वनाएर काम गरिरहेका पत्रकारहरुले नेपालमा मानवअधिकारको विषयलाई अझ जल्दोवल्दो रुपमा अगाडि लानु पर्छ र मानवअधिकार उलङ्घनका घटना र सशस्त्र द्वण्द्वलाई शान्तिप्रक्रियामा ल्याएर यिनीहरुलाई न्यूनिकरण गर्नु पर्छ भनेर यो संस्था गठन गरेका हो।
मानवअधिकार पत्रकार संघ गठन गरेको अहिले आठ वर्ष पुगिसकेको छ ? यो अवस्थामा पहिले पत्रकार मात्रै रहेको अवस्था र अहिले मानवअधिकारको क्षेत्रमा समेत वकालत गरेको अवस्थामा कस्तो लागिरहेको छ?
–विगत पत्रकारीता गरिरहेको अवस्था र जव मानवअधिकार पत्रकार संघ गठन गरेर यो अधियानमा सम्मेलित भएपछि विल्कुलै फरक रहेको छन् । जव म पत्रकारीता मात्रै गरिरहेको थिए । त्यतिखेर मैले समाचार लेख्ने सम्प्रेशण गर्ने र घटनालाई वाहिर ल्याउने मात्रै काम गरिहेको गर्थे । त्यो समाचारमा वढि म सम्वेदनशील भएर अध्ययन गर्ने वानी कम थियो । तर जव म अहिले मानवअधिकार पत्रकार संघमा अवद्ध भए यो अवस्थामा पत्रकारीताको मध्यमबाट मावअधिकारको संरक्षण र प्रर्वधन र पत्रकारहरुलाई मानवअधिकारको कोणबाट समाचार लेखन र क्षमतामा अबिवृद्धि कार्यक्रमहरु दिदै र स्यम् हामीले पनि लिदै जादा गएको अवस्था छ । यस अवस्थामा मानवअधिकारका विश्वव्यापी मान्यताहरु, अवधारणाहरु र नेपाल पक्ष राष्ट्र वनेर अन्तर्राष्ट्रिय रुपमा गरेका प्रतिवद्धताहरु जसले मानवअधिकारको संरक्षण गरेका लागि टेवा पुग्ने विभिन्न कामहरुलाई मानवअधिकार पत्रकार संघको माध्यकबाट मैले धेरै वुझ्न सके त्यले गर्दा मानवअधिकारमैत्री पत्रकार विस्तार गर्न हाम्रो संघले नेपालका ७५ वटै जिल्लामा पत्रकारहरुलाई मानवअधिकारमैत्री समाचार लेखन तथा क्षमता अभिवृद्धि तालिमहरु दिईरहेका छौं । यसले मलाई के सिकाएको छ भने मानवअधिकारको प्रत्याभूति दिलाउनका लागि पत्ररकारहरुको महत्वपूर्ण भूमिका रहेको मैले थाहा पाएको छु।
मानवअधिकारकर्मी र पत्रकारलाई एकै ठाउँमा गोलवन्द गरेर लैजाने योजना गर्नु भएको छ, त्यसै अनुसर कामहरु गरी रहनु भएको छ, या गर्दा मानवअधिकारकर्मी र पत्रकारमा के भिन्नता पाउनु भयो?
–मेरो विचार एउटा पत्रकार जसले समाजमा घटेका विभिन्न प्रकारका घटनाहरुलाई उजागर गर्ने काम गर्दछ। यसैले गर्दा पत्रकारलाई समाजको दर्पण भनिन्छ । पत्रकारले समाचारको माध्यमबाट समाजको घटेको घटनाहरुलई वाहिर ल्याउनु पर्छ । जुन समाचार पत्रकारले वाहिर ल्याउछ तथा प्रकाश पारिदिन्छ तिनै कुरारहरुबाट असाहाय नागरिकहरुले पानि न्याय पाउछन् । मलाई लाग्छ मानवअधिकारसंग काम गर्ने जो सुकै व्यक्ति वा पत्रकार पत्रकारले प्रत्येक दिन समाचारको माध्यमबाट समाजका घटेका घटनाहरु नागरिकहरुलाई सुसूचित गराउदछ त्यस हिसावले पनि पत्रकारको वढि जिम्मेवारी पनि हुने गर्दछ। किन भने प्रत्येक समाचारहरु अलि वढि सम्वेदनशील हुन्छ । त्यसमा अझ हामीले मानवअधिकारको दृष्टिकोणबाट हेरियो भने ति कुराहरुलाई समाचार सम्प्रेषण गर्नु भन्दा अगाडी धेरै पल्ट सोचेर लेख्नु पर्ने र प्रकाशन गर्नु पर्ने हुन्छ । त्यसैले गर्दा एउटा पत्रकार समाजको जिम्मेवार वर्ग नै हो । किन भने उसले समाचारको माध्यमबाट समाजका त्यस्ता वर्गहरुलाई सुसूचित गर्छ। जसको राम्रो पक्षले गर्दा नराम्रो गतिविधि गरिरहेका पक्षहरु पनि सुधारिएर जान्छन् । तसर्थ पत्रकार एउटा पहिलो मानवअधिकार रक्षक हो भन्न सकिन्छ । किन भने उसले समाचारको माध्यमबाट समाजलाई असलबाटो तिर ढोहोर्याईरहेको हुन्छ।
नेपालका कुनै पनि निकाय स्वातन्त्र रहन सकेको छैन् । यस्तो अवस्थामा नेपालमा मानवअधिकार पत्रकार संघ गठन भएको छ ? विभिन्न संस्थाहरु खोलिएका छन् ति संस्थाहरुका विभिन्न प्रकारले राजनीति हावी भएको हामी पाउछौ ? भविष्यमा गएर यो पत्रकार संघमा पनि राजनीतिकरण नहुनेमा हामी कसरी विश्वस्त हुन सक्छौं?
–यो कुरा ज्यादै महत्वपूर्ण छ । हामीलाई लाग्छ कुनै पनि व्यक्ति उसको आफ्नो राजनीतिक आस्था हुन्छ । जव हामी त्यो विषयमा अथवा हाम्रो पेशामा लामवद्ध भईसकेपछि रानैतिक आवद्धतालाई अगाडी राखेर हामीले काम गर्न सक्तैनौं । पत्रकार महासंघमा आर्थिक पत्रकारदखि लिएर मानवअधिकार पत्रकार गरी १७, १८ वटा पत्रकार संघहरु रहेका छन्। मालई लाग्छ मानवअधिकार पत्रकारसंघभित्र आवद्ध रहेका साथीहरु छौं । हामीमा के माान्यता छ भने हामी नितान्त रुपले एउटा व्यवसायिक पत्रकारीता वन्ने र मानवअधिकारको रक्षाको लागि अगाडि वढ्ने हो भने राजनीतिक गतिविधिलाई त्यो कार्यस्थलमा हामी नलागौ त्यो कार्यस्थलमा जादा खेरी राजनीतिक गतिविधिका नजिक भएर हामीले को काखा को पाखा नगर्ने हाम्रो प्रण नै रहेको छ । किन भने राजनीतिक आस्था आफ्नो ठाउँमा हुन्छ तर कार्यस्थलमा हामीले राजनीतिक गतिविधि गर्नु हुदैन।
हुर्जाले अहिले गरिरहेको काम र भावी यसको योजनाको बारेमा वताईदिनुस् न?
–मानवअधिकार पत्रकार संघले यो आठ वर्षको दौरानमा हामी स्वम् पत्रकार भएको हुनाले नेपालमा मानवअधिकारका सम्वन्धी र अन्य धेरै गतिविधि गरिरहेको छौं। हामी स्वम् पत्रकार र मानवअधिकारकर्मी भएको हुनाले हाम्रो क्षमता अभिवृद्धि गरिरहेका छौं । विभिन्न अध्ययन गर्यो विभिन्न किसिमका तालिम गोष्ठीहरु सञ्चालन गरेका थियौ । हाम्रो परिपक्कता हुन्छ र व्यवसायिक रुपमा काम गर्न सजिलो हुन्छ । त्यही अनूरुप हामी गएको वर्षदेखि ७५ वटै जिल्ला अन्तर्गत हामीले गतसाल चार जिल्ला र यसपाली नौ जिल्लामा त्यहाँका पत्रकारलाई मानवअधिकार मैत्री समाचार लेखन तथा संकलन सम्वन्धी सचेतना कार्यक्रम गरिरहेका छौं। हामी विभिन्न जिल्लाका कार्यक्रमहरु गरिसकेका छौ आगामी दिनमा हामी यस प्रकारका विभिन्न कार्यक्रमहरु गर्दै जानेछौं।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस