तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा कतार, कतारमा अप्रत्याशित रुपमा भएको सडक दुर्घटनामा परेर पाँच नेपालीले अकालमा ज्यान गुमाएकाछन् भने पाँच नेपाली घाइते भएकाछन्।
मृत्यु हुनेमा गोरखाका अर्जुन गौतम, धडुवार फगुवा–८ बर्दियाका आशाराम रानाथारु, करविर रानाथारु, बलिरामपुर कटारी–७ रौतहटका विवेकानन्द साह र गौशाला नवलपुर–८ महोत्तरीका रामचन्द्र महत्तो रहेका छन्।
बर्दिया धडुवारका आइतविर चौधरीको अवस्था गम्भीर रहेकोमा हाल खतरामुक्त रहेको नेपाली राजदूतावासले जनाएको छ। अन्य घाइते हुनेहरुमा बर्दियाकै रुपेश चौधरी, सुधिराम थारु, फगिराम थारु र सुजित महत्तो रहेका छन्। उनीहरु सामान्य उपचारपछि क्याम्पमा फर्किसकेका छन्।
दिउसो आफनो ड्युटी सकेर क्याम्पमा फर्कन गाडी कुरीरहेका वेला विपरित दिशाबाट आएको ल्याण्डक्रुजर गाडीले उनीहरुलाई अप्रत्याशित रुपमा हानेको थियो। उनीहरु एउटा क्लिनिङ्ग कम्पनीमा क्लिनरका रुपमा काम गर्न नेपालको सामाखुशीस्थित एक म्यानपावर कम्पनीबाट दुई महिनाअघि मात्र कतार आएका थिए।
नेपाली राजदूतावासले जनाएअनुसार मृतकहरुको सनाखत भैसकेको र उनीहरुको विमा लगायत, शवलाई केही दिनमै नेपाल पठाउने प्रक्रिया राजदूतावासले तदारुकताका साथ शुरु गरिसकेको छ।
अप्रत्याशित दुघर्टना भएर नेपाली कामदारहरुले अकालमा ज्यान गुमाउनु परेकोमा नेपाली राजदूतावासले दुःख प्रकट गर्दै नेपालमा रहेका मृतकहरुका शोकाकुल परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस