एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २८ असार। नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चीनले आफ्नो पार्टीलाई चुनाबमा जान सुझाव नदिएको बताएका छन्।
संवाद डबलीमा शुक्रबार भएको कार्यक्रममा उपाध्यक्ष गजुरेलले चुनाब बहिष्कार गर्ने निर्णय चीन भ्रमणबाट परिवर्तन नभएको समेत प्रष्ट पारेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वले चुनावमा जाने नजाने, बहिष्कार गर्ने / नगर्ने विषयलाई नेपालको आन्तरिक मामिला भन्दै केही सुझाव नदिएको गजुरेलले बताए।
चिनियाँ नेतृत्वले नेपालको संक्रमणकाल टुंगो लागेको हेर्न, शान्ति सुशासन कायम भएको हेर्न चाहेको तथा समृद्धिको ढोका खोल्न सुझाव दिएको बताए। चिनियाँ नेताहरुले संक्रमणकाल लम्बिनुमा चिन्ता देखाएको गजुरेलले बताए।
उपाध्यक्ष गजुरेलले आफूहरुको चीन भ्रमण पूर्वनिर्धारित भएको बताए। ‘दिल्लीले बोलाएको छैन, हामी खोज्दै दिल्लीका गल्ली जाने कुरा भएन।’ उनले भने- ‘एउटा हातले मात्र ताली बज्दैन।’ भारतले बेवास्ता गरे आफूले पनि वास्ता गर्नु जरुरी नभएको बताउंदै भारतीय विदेशमन्त्री सलमान खुर्सिदसंग भेट्ने आफ्नो पार्टीले योजना नै नबनाएको उनले स्पष्ट पारे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस