सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
नेपाली समाजमा विद्यमान हत्या हिंसाको विरुद्ध कसरी लाग्ने भन्ने कथा समेटिएको फिल्म ‘हँसिया’को मंगलबार शुभसाइत गरि बुधबारबाट छायांकन शुरु भएको छ।

मंगलवार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा फिल्म निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले मुहुर्त सटको निर्देशन गरे भने प्रहरी नायव उपरिक्षक गणेश राईले क्ल्याप हाने। यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राई, गायक राजेशपायल राई र एनआरएन दक्षिण कोरियाका पूर्वअध्यक्ष निर्माता गंगाराज राईले नरिवल फुटाएर मुहुर्त सटको अन्त्य गरि फिल्म ‘हँसिया’को शुभसाइत गरिएको हो।

चाम्स इन्टरटेनमेन्टको व्यानरमा चर्चित म्युजिक भिडियो निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म एक्सन र सस्पेन्स किसिमको रहेको छ। दुर्गा घलेकोे प्रस्तुती र गंगाराज राईको निर्माण रहेको फिल्ममा राजेश हमाल, हेमा श्रेष्ठ, प्रशन्न शाह, अनुप विक्रम शाही, विशाल ढुंगाना, आलोक कार्की, विजय कुँवर, करण राई र शिशिर राणाको अभिनय रहेको छ। फिल्ममा बालकलाकारको रुपमा पहिलो मिस नेपाल रुवी राणाकी छोरी प्रशंसा शाहले पनि अभिनय गर्दैछिन्।

फिल्ममा राजेश हमाल सिआईबी प्रमुखको भूमिकामा प्रस्तुत हुदैछन् र राजेश हमालले फिल्मकै लागि कपाल समेत काटेका छन्। यसअघि प्रहरी अधिकृतको भूमिकामा अभिनय गरे पनि हमालले कपाल काटेका थिएनन्। आफूलाई फिल्मको स्क्रिप्ट मन परेको र निर्देशक चाम्सजीले कपाल काटे भूमिकालाई न्याय पुग्ने बताएपछि कपाल काटेको हुन् भन्दै मंगलबार मुर्हुत सातामा पत्रकारहरुसंग आफ्नो नयां लुकका साथ रमाउदै उनले भने – आज त आफैलाई अनौठो लागेको छ , धेरै हल्का महसुस भएको छ र फिल्म धेरै राम्रो बन्ने कुरामा म विस्वस्त छु।

यस्तै फिल्मको मुख्य भूमिकामा राजेशकै सहकर्मी बनेर मोडल हेमा श्रेष्ठ सिआईबी अफिसरको भूमिकामा प्रस्तुत हुदैछिन्। उनको यो पहिलो डेब्यु फिल्म मात्र नभएर फिल्मको प्रमुख पात्रको रुपमा हेमा नै फिल्ममा हावी हुनेछिन्। तेक्वान्दोमा ब्लाक बेल्ट हेमाले फिल्मकै लागि भनेर धेरै मिहिनेत गरेकी छिन्। उनी आफ्नो भूमिकालाई न्याय दिन कुनै कसर बाँकी नराखेको बताउछिन्।

निर्देशक मिलनले गाउँघर र नेपालको मौलिकता झल्काउने हतियार हँसिया जसले घाँस काट्छ र यो फिल्ममार्फत अपराधलाई पनि काट्ने कुरा फिल्ममा रहेको बताए। अनुप सापकोटाको कथा रहेको फिल्ममा निलम आङबुहाङ राईको गीत, कल्याण सिंहको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व र रामकुमार केसीको छायांकन रहेको छ। फिल्ममा सुबानी मोक्तान, राजेशपायल राईलगायतको स्वर रहेको छ भने सम्पूर्ण ड्रेस डिजाइन चचिर्त फेशन डिजाइनर उत्तम बनेपालीले गर्दैछन्।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस