सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
राजधानी काठमाडौंको दरबारमार्गमा बुधबारबाट गीत गजल प्रेमीहरुको लागि मधुशाला गीत गजल खुलेको छ। गायिका श्रेया सोताङले दीप प्रजवलन तथा बरिष्ठ गायक दीप श्रेष्ठ तथा शशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दोर्जे राईले संयुक्त रुपमा पर्दा खोलेर मधुशाला गीत गजलको उद्घाटन गरेका हुन्।
गायिका मनिला सोताङ, गायक उदय सोताङ, गंगाराज राई र सोम श्रेष्ठले संयुक्त रुपमा केक समेत काटेका थिए। उद्घाटन कार्यकर्ममा उदय–मनिलासंगै राजेशपायल राई, सत्यराज आचार्यले समेत आफ्ना गीतहरु सुनाएका थिए। अब देखि हरेक दिन उदय मनिलाको स्वर मधुशालामा गुञ्जने छ।
विगत तीनदशकदेखि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भिन्न तथा महत्वपूर्ण स्थान बनाइसकेको सदाबहार सांगीतिक जोडीको रुपमा चर्चित रहन सफल उदय–मनिला सोताङले पहिलोपटक व्यवसायिक तथा सेवामूलक सांगीतिक प्रस्तुतिमा आफूलाई अग्रसर गराएका छन्।
उदय–मनिलाजोडी एनआरएन दक्षिण कोरिया पूर्वअध्यक्ष तथा कोरियामा समेत कोरियन गायन क्षेत्रमा राष्ट्रिय पुरस्कार तथा राष्ट्रपति पुरस्कार र मिनिस्टर अफ कल्चर पुरस्कार प्राप्त गरेका गंगाराज राई, म्युजिक भिडियो तथा चलचित्र निर्देशक मिलन चाम्स तथा पूर्वका सफल रेष्टुरेण्ट व्यवसायी सोम श्रेष्ठसँगको सहकार्यमा यो मधुशालागीत–गजल तथा रेष्टुरेण्ट एण्ड बारको व्यवसायमा आफूलाई अगाडि ल्याएका छन्।
अहिले निर्माण भइरहेको चलचित्र हँसियाका प्रमुख निर्माता गंगाराज राई, निर्देशक मिलन चाम्स र सोम श्रेष्ठ तीनजना नेपालीगीत संगीतप्रति सकारात्मक सोच राख्ने व्यक्तित्व भएकोले नेपाली सुगम संगीतको एक प्रख्यात जोडी उदय–मनिला सोताङको यो सहकार्य गीत संगीतको उत्थान, प्रवद्र्धनसँगै मनोरन्जन साथै स्वस्थ र स्वादिष्ट खानाका भेराइटीहरुलाई आफ्नो संगीतप्रेमीग्राहकहरुमाझ पस्कनु नै मधुशालाको मुख्य उद्देश्य रहेको जनाइएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस