शिव मुखिया / एचकेनेपाल डट कम-
उनी थारु भाषी होइनन्, न भोजपुरीनै वोल्न जान्दछन्। तर, एक स्टुडियोमा भेटिएका गायक संजय तुम्रोक यिनै भाषाका गीत गुनगुनाइरहेका थिए। पछि कुरा खुल्यो, आगामी संविधान सभा निर्वाचनका लागि जन–चेतनामूलक गीत गाउने अभ्यासमा रहेछन् उनी।
‘अरु पनि भाषामा गाउंदैछु’ हसिँलो सञ्जय फुर्किए, जन चेतनामूलक गीत हो यो।’ खासमा यिनी प्रेमका गीत गाउन माहिर छन्। गजल गायनमा पनि उत्तिकै दख्खल राख्छन्। भारतको इहालादावादवाट संगीतमा डिप्लोमा गरेका संजयको स्वरमा दुईवटा सोलो एल्वम वजारमा आइसकेको छ। उनको पछिल्लो एल्वमको म्युजिक भिडियो ‘तेल विनाको काँचो धागो’ निकै चर्चित रह्यो। ‘यो पाश्चत्य र पूर्वीय संगीतको फ्युजन गरिएको गीत हो’ सञ्जय भन्छन्, ‘यसलाई मैले फरक शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको छु।’ युट्युवमा यो गीत हेर्नेको संख्या उत्साहजनक रुपमा वढेको उनले दावी गरे।
यिनको निम्ति फलिफाप रह्यो वर्ष, २०६३ । यस साल उनले रेडियो नेपालवाट आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गरे। त्यही वर्ष पूर्वाञ्चल आइडल पनि घोषित भए। ‘गायन क्षेत्रमा संघर्ष गरिरहेका मेरा निम्ती एउटा लामो फड्को थियो त्यो’ झापामा जन्मि हुर्केका संजयले सम्झिए–‘त्यसैले मलाई यस क्षेत्रमा लाग्न थप प्रेरित ग¥यो।’ दर्जन वढी चलचित्रका गीतमा पाश्र्व स्वर भरिसकेका संजय दिनभर महेन्द्र पुलिस क्लव अन्र्तगत सगरमाथा रेकर्डिङ स्टुडियोमा व्यस्त हुन्छन्।
साँझ सात वजेदेखि उनी दरवारमार्ग पुग्छन्। त्यहाँको मालिंगो रेष्ट्रो गजल एन्ड वारमा ११ वजेसम्म आगन्तुकलाई नचाउँछन् । यो नै उनको नियमित दिनचर्या हो। दिनरात नै गीत संगीतमा व्यस्त रहंदा कहिलेकाही दिक्क लाग्दैन? ‘पेशाकै रुपमा यसलाई स्वीकार गरेपछि त्यस्तो दिक्क लाग्दैन’ संजय स्पष्ट पार्छन्, ‘ आफ्नो पेशामा इन्जोए गर्नुप-यो नि।’
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस