एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १० जुलाई। सहारा क्लब हङकङले आर्थिक सहयोग जुटाउन सहारा साँझ कार्यक्रम आगामी अगष्ट २५ तारिख क्वाई फङ्ग एशोसिएसनको हलमा आयोजना गर्ने भएको छ।

साँझमा सहभागि जनाउन नेपालबाट विबेक श्रेष्ठ (कन्दरा ब्याण्ड), जीवन दाहाल (लोकदोहोरी), काजल गुरुङ (लोकदोहोरी), समला राई, प्रेम परियार र उद्घोषकको रुपमा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ हङकङ आउने अध्यक्ष दिपक गुरुङले जानकारी गराएका छन्। नृत्यको लागि भने स्थानीय लेट्स डान्स स्टुडियोका कलाकारहरुले सहयोग गर्ने जनाइएको छ। कार्यक्रमबाट संकलन भएको रकम सहरा क्लब पोखरालाई प्रदान गरिने गुरुङले जानकारी दिए।

सहारा क्लब पोखराले १३ जना विपन्न परिवारका प्रतिभावान बालकहरुको छनौट गरि पालनपोषणको जिम्मेवारी लिएको हुनाले उक्त असल कार्यलाई सहयोग गर्न कार्यक्रम आयोजना गरिएको हो। सहारा क्लवले नेपालमै पहिलो पटक आफ्नै जग्गामा खेल मैदानसहित एकेडेमी संचालन गरेको छ। एकेडेमीमा ३० जना बालकहरु राख्ने योजना क्लवले बनाएको छ।

सहारा क्लवले बार्षिक रुपमा गर्दै आएको आहा! राहा गोल्ड कपबाट बचेको रकम पनि एकेडेमी संचालनमा खर्च गर्ने गरेको छ भने स्वेदश तथा विदेशमा रहेका शुभेच्छुकहरुको सहयोगले नै क्लवले एकेडेमी संचालन गर्न सफल भएको अध्यक्ष विक्रम थकालीले बताए। थकालीले एकेडेमी निर्माण गर्नु भन्दा पनि यसलाई दिर्घकालीन रुपमा संचालन गर्नु चुनौती रहेको बताए।

फाइल तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

गायक विवेक श्रेष्ठलाई सहारा एकेडेमी अवलोकनको क्रममा क्लबका अध्यक्ष विक्रम थकालीले स्वागत गर्दै।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस