मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम-
धनकुटा, २६ असार। तपाई हामीले सुनेका थियौ मान्छेले मान्छेको श्रम शोषण गरेका छन्। अनि तिनै गरीवको श्रम शोषण गरेर धनी मानीले आफ्नो वुता चलाईरहेका हुन्छन्। तर यही समाजमा यस्तो व्यक्ति पनि भेटिन्छन् जसले आफ्नै पहलमा थुप्रै वाल–वालिकालाई आफ्नै घरमा राखी पालिरहेको र तिनीहरुको शिक्षादिक्षा दिईरहेको छ। यसरी वालवच्चा पाल्ने व्यक्ति हुन् धनकुटा नगरपालिका–४ स्कुल डाँडाका चिनीमाया (व्लोन) तामाङ।


तस्वीर: मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम

चिनीमाया अहिले ५६ वर्षकी भईन्। २०१४ सालमा धनकुटाको सान्ने गाविसमा जन्मिएकी तामाङ्गको २०२८ सालमा धनकुटा–देव्रेवासका लाखबहादुर व्लोनसंग विवाह भयो। त्यसपछि जीवनमा धेरै उतार चढाव आएको उनले वताईन। चिनीमायाको तीन छोरी र दुई छोरा छन्। छोरा छोरी सवै आफ्नो लागि गर्न सक्ने भएको वताउछिन्। उनको जेठा छोरा वेल्जियममा वस्दै आएका छन्, कान्छा छोरा क्यानाडामा डक्टरी पेशामा छन्। जेठी छोरी विवाह गरेर युकेमा छन् भने माइली छोरी धनकुटाको भाषा क्याम्पसमा प्राध्यापन पेशामा छिन, कान्छी छोरी काडमाडौंमा पढ्दै गरेको भेटमा चिनीमाया व्लोनले वताईन्।

छोरा–छोरी घरमा नभएपछि घरमा नियास्रो लागेको कारण आफूलाई अनाथ वालवच्चालाई पालनपोषण गर्ने र उनीहरुलाई शिक्षा–दिक्षा दिन मन लागेको वताईन्। २०६६ सालको चैत्र २८ गते एक जना वालिाकालाई घरमा ल्याएर पालनपोषण गर्न थाल्नु भएपछि उनको घरमा वालवालिको वाढी आइए झै २०६८ सालको वैशाखमा उनको घरमा १३ जना वालवालिका भेला भएछन्।

यसरी वालवालिका पाल्दै आएकी तामाङको घरमा हाल १६ जना वालवालिका रहेका छन्। उनको घरमा तेह्रथुम, धनकुटा, मोरङ्ग र सुनसरीका वाल वच्चा रहेका छन्। वालवालिका पाल्नु भएको छ कसरी वालवालिका पाल्ने इच्छा आयो त ? भनेर सोध्दा उनले भने–‘मैले आफ्नै पहलमा वेरोजगारी महिलाको लागि रोजगार भन्ने संस्था खोलेकी थिए। त्यस संस्थामा विभिन्न महिला दिदी वहीनीहरुले काम गर्नु हुन्थ्यो। त्यसै वेला मैले भन्ने गरेको थिए मलाई एउटा अनाथ आश्रम खोल्न मन लागेको छ । उनीहरुले पनि यस्ता अनाथ वाल वच्चा थुर्पै भएका जानकारी दिएका थिए । विस्तारै–विस्तारै अनाथ वालवालिका पाल्ने इच्छा जाज्दै आयो र अहिले अनाथ तथा गरीव वालवालिकालाई आफ्नै सन्तान ठानी पालिरहेकी छु। मैले सोचेको इच्छा विस्तारै पुरा हुदै गएको छ अहिले म ज्यादै खुसी छु।’

चिनीमायाले वालवालिकालाई थप व्यवस्थित गरेर सञ्चालन गर्नका लागि माया अनाथ आश्रम खोलेकी छिन्। उनले भनिन्–‘वास्तवमा आमा भनेको के हो यसको परिभाषा दिएर दिन नसकिने रहेछ । सुरु–सुरुमा वाल वच्चाहरुलाई पाल्नु सजिलै थियो तर अहिले यिनीहरु बढ्दै गए खान–पानमा वृद्धि भईरहेको छ। स्कुलका शुल्क वढेको छ जसका कारणले गर्दा अलिक गाह्रो भएको छ।’ चिनीमायाले वताइन्। उनले थप भनिन–वालवालिकाको इच्छा अनुसार आफूले स्कुल तथा वोर्डिङ्गमा लगाएकी छु। कहिलेकाही रिस पनि उठ्ने र झर्को पनि लाग्दो रहेछ फेरी यिनीहरुको अरु कोही नभएर मेरोमा आएको भन्ने सोचेर फेरी माया गर्ने गर्छु।

चिनीमायाले ४ जना वालवालिकालाई सरकारी स्कुलमा पढाएकी छन्। दश जनालाई वोर्डिङ्ग स्कुलमा नै लगाएकी छन् भने २ जना भने नावालक नै रहेका छन्। उनको यस कामलाई मोडल इङ्लिस स्कुलले सहयोग गरेको छ। अनाथ आश्रमबाट पढ्न जाने ति वालवालिकाको भर्ना शुल्क, मासिक शुल्क र कापी कलममा लाग्ने शुल्क नलिएको वोर्डिङ्गका प्रिन्सिपल दिनेश भण्डारीले वताए। उनका अनुसार चिनीमायाले एक्लै ति वालवालिकाको लालन–पालन गरिरहेका हुनाले हाम्रो विद्यालयले पनि यति सहयोग गरेको वताए। अहिले मासिक रुपमा ति वालवालिकालाई पढाउदा छ हजारको हाराहारीमा खर्च हुने समेत प्रिन्सिपल भण्डारीले वताए। मोडल स्कुलमा अन्य तीनजना अनाथ वालवालिका पनि पढ्दै आएका छन्।

चिनीमाया व्लोनले पालन पोषण र शिक्षा दिईरहेका वालवालिकाहरुः

मोडल इङ्लिस स्कुल धनकुटा–२ मा पढ्दै आएका वालवालिका
नाम ठेगना अध्ययन वर्ष
रेनुका लिम्वु धरान यु केजी ७ वर्ष
सग्राम लिम्वु विराटनगर यु केजी ६ वर्ष
प्रतिक तामाङ्ग धनकुटा यु केजी ६ वर्ष
अनिता राई धनकुटा कक्षा १ १० वर्ष
स्मिता थापा धनकुटा कक्षा १ ७ वर्ष
मनोज ढुंगेल धनकुटा कक्षा १ ९ वर्ष
पर्वत तामाङ्ग धनकुटा कक्षा २ ८ वर्ष
राकेश तामाङ्ग धनकुटा नर्सरी ४ वर्ष
विक्षा नेपाली धरान एल.केजी ७ वर्ष
भिम लिम्वु तेह्रथुम एल.केजी ७ वर्ष
गणेश प्राथामिक विद्यालय धनकुटा–४ मा अध्ययनरत वालवालिका
एस्तर भुजेल धरान कक्षा ५ १३ वर्ष
सोनिया तामाङ्ग धनकुटा कक्षा १ ९ वर्ष
सन्ध्या तामाङ्ग धनकुटा कक्षा २ ११ वर्ष
पवन लिम्वु तेह्रथुम कक्षा १ ५ वर्ष
विद्यालय जान नसक्ने वालवालिका
गौतम वि.क.
नवीन लिम्वु

वालवालिकाको सरसफाई तथा रेख देखका लागि २ जना महिलालाई खान–वस्न र वालवच्चालाई पढाईदिने गरी मासिक एक हजार पाँच सय दिएर राखेकी छन्। वालवच्चाको सरसफाई तथा रेखदेखका लागि खटिएकी चन्द्रा लिम्वु, मनिता लिम्वुले चिनीमाया आमाको कामदेखि ज्यादै खुसी लागेको वताइन्।

चिनीमायालाई यि वालवालिकाको कसरी पालन–पोषण गर्नु भएको छ भनेर सोध्दा उनले भनिन–‘मेरो धरानमा घर रहको छ, त्यो घरबाट मासिक १५ हजार भाडा आउछ, त्यसै गरी मैले आफैले सञ्चालन गरेको ज्योती ढाका कपडा उद्योग रहेको छ त्यसबाट पनि बार्षिक दुई लाखको हाराहारीमा आम्दानी हुने गरेको छ यसैबाट लालन–पालन गरिरहेकी छु। यसका साथै मेरा छोरा–छोरीले पनि कहिलेकाही खर्च दिने गरेका छन्।’

यस अनाथ आश्रमको स्तर उन्नतिको लागि जिल्ला विकास समिति धनकुटाले ५० हजार र धनकुटा नगरपालिकाले १५ हजार सहयोग गरेको छ। अहिले अनाथ वालवालिकालाई देखाएर डलरको खेती गर्नेहरु पनि कम छैनन्। अनि तिनै अनाथ वालवालिका ल्याएर तिनीहरुको श्रम शोषण गर्ने पनि हामी यही समाजमा भेट्छौं । तर चिनीमाया जस्तो विशुद्ध अनाथ वालवालिकाको भविष्यको लागि आफ्नो सारा ध्यान लगाउने व्यक्ति कमै भेटिन्छ।

अब हामी पत्रकारहरुले यस्ता विषयहरुको उठान गर्ने र समाजलाई रुपान्तरण गर्ने तर्फ कलम चलाउन जरुरी भएको छ। अनि देशका प्रतिष्ठीत समाजसेवीहरुले पनि यस प्रकारको कामलाई प्रोत्साहन गरी सडक वालवालिकाको अन्त्यको लागि आजैदेखि लाग्ने वेला भएको छ ….?


विद्यालय जान लागेको वालवालिकाको माझमा आमा चिनीमाया ।


आमा चिनीमाया (व्लोन) तामाङ्ग ।


वालवालिकालाई खाना खुवाउदै आमा चिनीमाया ।


विद्यालय जाने वेलामा वालवालिका खाना खादै ।


शनिबारको दिन वालवालिका सामुहिक रुपमा फोटो खिचाउदै ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस