सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
फेसबुक अभियानकर्ता तथा युवा समाजसेवी सरिता गुरुङले मंगलवार बुङमति अपाङ्ग सेवा संघ ललितपुरलाई आर्थिक र विद्यार्थीलाई चाहिने सामाग्रीहरु हस्तान्तरण गरेकी छन्।

गुरुङले सेवा संघभित्र आश्रय लिई रहेका ३६ जना शारीरिक अस्वस्थ्यका बालबालिकाका लागि स्कुल ड्रेस कमिज ६ थान, पेन्ट ६ थान, जमेट्री बक्स ३ थान, बालबालिकाको तौल नाप्ने सामान १ थान, बाँसुरी ३ थान, मादल १ थान, सेतो छडी २ थान, ईरेजर २० पिस, साप्नर २० पिस, दृष्टिबिहिनहरुले प्रयोग गर्ने कपि ७ रिम (१रिम=५००पिस) यी सबै सामानबाट बाँकी रहेको जम्मा रकम रु,८,००० संस्थाका संस्थापक दयाराम महर्जनलाई हस्तान्तरण गरेकी हुन्। उनले सहयोगको अभियान निरन्तर चलिरहने समेत बताइन्।

Photo: Laxmi Prasad Ngakhusi


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस