एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २५ असार। भारतले नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा निकायलाई ७ सय १६ र निर्वाचन आयोगलाई ४८ गरी ७ सय ६४ गाडी सहयोग गरेको छ।
एक दिने भ्रमणका लागि मंगलवार नेपाल आइपुगेका भारतीय विदेशमन्त्री सलमान खुर्सिदाले सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन्। एयर इन्डियाको विशेष विमानबाट विहान ९ बजे नेपाल आईपुगेका खुर्सिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सिंहदरवार पुगेका थिए। खुर्सिदले निर्वाचनका लागि भारतको सदभाव र शुभेच्छा प्रकट गर्न नेपाल आएको बताए। उनले सिंहदरवारमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरे सहित अन्य मन्त्री तथा अधिकारीहरुसंग भेघघाट गरेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस