भवानीप्रसाद शर्मा / एचकेनेपाल डट कम-
एक जना बौद्धिक व्यक्तित्व तथा दक्ष जनशक्ति जसले आफ्नो लागि मात्र होईन नेपाल र नेपालीको लागि शिर ठाडो पार्ने काम गरिरहेका थिए आज तिनै व्यक्ति बिनाअपराध आतंककारीको आरोपमा कालकोठरीमा नारकीय जिवन विताईरहेका छन्। पर्बत जिल्लाको कार्कीनेटा गाबिस ५ मा आजभन्दा झण्डै ४७ बर्ष अगाडी जन्मिएका धनपति पौडेल बिगत ३७ महिनादेखि कम्बोडियाको जेलमा छन्।

०४२ सालको एसएलसी परिक्षामा स्थानीय अन्नपूर्ण माबिबाट एकमात्र उतीर्ण भएका बिद्यार्थी धनपति पौडेल त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजी स्नातकोत्तर गरि काठमाडौमा निजी बोर्डिङ स्कुल सञ्चालन गर्नुको साथै कान्तिपुर टाईम्स साप्ताहिक प्रकाशन समेत गरेका थिए। २०४६ सालमा नेपालमा प्रजातन्त्रको पुर्नस्थापना भएपछि उनले लिवरल डेमोक्रेटिक नामक दल दर्ता गरि २०५१ सालको आमनिर्वाचनमा काठमाडौ क्षेत्र न १ बाट पार्टीको उमेदवार बनेका थिए।

ब्यबसायिक तथा राजनैतिक आरोह अबरोहसंगै दुस्कर्मको चक्रब्युहमा फसेका पौडेल करीब ८ बर्ष अगाडी अनलाईन ब्यापार गर्ने उद्देश्यले कम्बोडिया छिरी उनले ग्यालेक्सी ईन्टरनेट, र स्टिट ६३ नामक अनलाईन मार्फत घर, कार, मोटरवाईक, फ्लाट, ब्यपारिक घर र जग्गाको कारोवार गरेका थिए भने अन्य ब्यबसायहरु रेष्टुरेण्ट समेत संचालन गरेका थिए। यसका अलावा पत्रकारितामा राम्रो दखल भएका पौडेलले कम्बोडियाबाट भोएसा जब्स बुलेटिन नामक पत्रिका प्रकाशन गर्दै आएका थिए।

ब्यबसायको सिलसिलामा थाईल्यण्ड हुदै कम्बोडिया पुगेका पौडेलमाथि सन २०१० को मेईमा न्होमपेन्ह स्थित अमेरिकी बेलायती र अस्ट्रेलियाली राजदूतावासमा आतंककारीले बम विष्फोट गराउदै छ भन्ने आसयको उजुरी गृहमन्त्रालयमा पठाएको आरोपमा उनीसहित ६ जना नेपालीहरुलाई कम्बोडियाली प्रहरीले पक्राउ गरि आतंककारीको अभियोग लगाई अदालतमा मुद्दा दर्ता गराए पश्चात उनीहरुबिरुद्ध दुई तहका अदालतले दोषी ठहराई सकेको छ।

पौडेलको नामसंग मिल्दो जुल्दो हिज्जे भएको नामका कारण प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीकै मुचुल्का मुताबिक दुई तहका अदालतले थप तथ्य र प्रमाणको खोजीनै नगरी ८ बर्ष कैद सजाय तोकिदियो।

आतंककारी सूचीमा रहेका धनपति पौडेलको छोटकरि नाम डिआइपी (डीप) संग मिल्दो जुल्दो हिज्जे डिइइपी (डीप) भएका कारण प्रहरीले पौडेललाई फसाएको कम्बोडियामा रहेका नेपालीहरुले बताएका छन्। यस सम्वन्धमा नेपाल साप्ताहिकका सम्वाददाता यसोदा तिमिल्सेना असार २३ को नेपालमा कम्बोडियाको जेलमा नेपाली चित्कार शीर्षकमा उल्लेख गर्नुभएको छ। पौडेलको नाम भन्दा चिठ्ठीमा लेखिएको नामको हिज्जे र यसले दिने अर्थ फरक छ। उनले धनपतिले छोटकरी अग्रेजीमा डि आई पी (डीप) लेख्छन् भने चिठ्ठीमा डीइइपी (डीप) छ।

यसरी एउटा नेपाली अनाहकमा जेलको कालकोठरीमा चरम यातना भोग्न बिबश भएपछि कम्बोडियामा रहेका नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष उर्मिला गुरुङलगायत अन्य प्रतिनिधिहरुले बिभिन्न आग्रह र अनुनय बिनय गर्दा पनि सकुशल उद्धार गर्न नसकेपछि पटक पटक नेपाल सरकारलाई आग्रह गरिएको थियो। तर यसरी समेत सरकारी स्तरबाट आबश्यक पहल हुन सकेको छैन। जसको कारण अनाहकमा एउटा नेपाली जीवन मरणको दोसाँधमा छटपटाउनु परेको छ।

धनपतीसँग कम्वोडियामा प्रत्यक्ष रुपमा भेटेकी पत्रकार यसोदा तिमिल्सीना लेख्छिन् अहिले धनपतीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ। आर्सेनिक मिसाएको पानीका कारण अधिकांश दाँत झरिसकेका छन्। ६ फुट अग्लो ज्यानमा ५२ किलो मात्र तौल छ। मानसिक स्थिती पनि खलवलिईसकेको छ । जेल प्रशासनले खाना पर्याप्त दिँदैन । त्यहाँका नेपालीले चन्दा उठाएको केहि रकमले अत्यावत्यसक बस्तु किन्छन् तर त्यो पनि आधा प्रहरीलाई घुस दिनु पर्छ । पौने २ मिटर चौडाई भएको कोठामा ४५ जना बन्दी राखिएका छन् । सुत्न त मिल्दैन उभिएर जिवन बिताईरहेका छन्। पौडेललाई नजिकवाट नियालेका नेपालीहरुका अनुसार अव एक–दुई वर्षमा पौडेललाई निकाल्न सकिएन भने जिउँदै फर्किने सम्भावना छैन।

बिभिन्न रोजगारिको खोजीमा हजारौ नेपालीहरु बिश्वका कयौं जेलमा पौडेल झै हजारौ नेपालीहरु बन्दी जीवन बिताउन वाध्य छन् तर नेपाल सरकार यसवारेमा मौन रहँदै आएको छ। नेपाल सरकारले पौडेलको व्यक्तिगत र यिनका पहिलेका क्रियाकलाप बुझि निर्दोष भएको ठानेमा छुटाउनको लागि पहल गर्न सक्छ र त्यो नभए पनि आफ्नो नागरिकलाई आफ्नै देशमा राखि कारवाही गर्न माग गरेको खण्डमा अन्र्तराष्ट्रिय कानुनअनुसार कम्वोडियोले पौडेललाई सुपुर्दगि गर्न सक्छ।

आफ्ना नागरिकको सुरक्षा गर्ने काम सरकारको हो तर पटक पटक सम्वन्धीत निकायमा आग्रह गर्दा पनि कामयावी वन्न सकेन। यसको लागि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी सम्पूर्णलाई आ–आफ्नो तर्फवाट सहयोग पु¥याउन तथा नेपाल सरकालाई दवाव दिनको लागि विभिन्न क्षेत्रवाट पहल गरि नेपाली आमाका सन्तान धनपति पौडेलको सकुशल रिहाईको साथै उनको जीवन रक्षाको लागि दिनु हुन सवैमा आग्रह गरिन्छ।
luckybhawani@gmail.com


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस