सुरज गुरुङ / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, दोङदेमुनस्थित नमस्ते ईन सउलमा आइतवार पहिलो माछापुच्छ«े भलिबल रनिङ कपको लागि टाईसिट तयार गरिएको छ। “खेलाडी राष्ट्रको गहना हो प्रवासी भूमिमा रहेका खेलाडीलाई सम्मान गरौं” भन्ने मूल सन्देशसहित कास्की परिवार द. कोरियाद्वारा यहि आउदो जुलाई १४ आईतावारका दिन आयोजना गरिने उक्त खेलमा जम्मा १४ टिमले सहभागिता जनाएको छ।

पहिलो चरणमा कास्की परिवार (बी) र रुपन्देही सम्पर्क समितिको खेल हुने छ भने दोश्रो गुल्मी सम्पर्क समिति र सुदूर पश्चिम समाज बिच हुनेछ। तेश्रो खेल एस. एम. टी. र खोटाङ सेवा समाज बिच हुनेछ । चौथोमा ब्ल्यु टीयर्स र नेपाल मगर संघ बिच हुनेछ भने पाचौं खेल कास्की (ए) र एम.टी.यु. बिच हुनेछ। त्यस्तै पहिलो चरणको अन्तिम खेल स्याङ्जा र तनहुं समाज बिच हुनेछ । उक्त टाईसिट अनुसार ए पोलबाट म्याग्दी समाज समिति र बी पोलबाट पर्वत सेवा समाज बाईमा परेको छ।


तस्वीरः सुरज गुरुङ / एचकेनेपाल डट कम

साथै त्यसै दिन पूजा रेष्टृुरेण्टमा परिवारका अध्यक्ष नविन गुरुङको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयहरुमा निर्णय गरेको छ । सर्व प्रथम माछापुच्छ«े रनिङ कप पूर्ण रुपमा जित्नको लागि तीन पटक जित्नु पर्नेछ। पूर्ण रुपमा कप जित्ने संस्था वा टीमलाई कप, पुरस्कार, मेडल, प्रमाण पत्रसहित अरु थप ८ लाख वन पुरस्कृत गरिने उक्त बैठकले निर्णय गरेको छ।

यी विषयहरु लगायत कार्यक्रमलाई अझ भव्य र सभ्य बनाउन अरु विभिन्न विषयहरुमा पनि परिवारले निर्णय गरेको छ जस्तै खाजा व्यवस्थापन, व्याज वितरण व्यवस्थापन, रेफ्रि व्यस्थापन, स्वयम सेवक व्यवस्थापन, साउड व्यवस्थापन, चिठ्ठा विक्री वितरण व्यवस्थापन, खेलाडी व्यवस्थापन, खाजाको लागि आवश्वक सर सामान व्यवस्थापन त्यस्तै कार्यक्रम संचालन व्यवस्थापनहरुमा विभिन्न उपसमितिहरु गठन गरिएको छ।

जुलाई १४ तारिख माङ्वलसामा मेचिदेखि महाकाली सम्मका हुनहार भलिबल खेलाडीहरुको प्रतिस्पर्धात्कम खेलसहित कास्केली चेलीहरुद्वारा पकाईएको फनफनी रोटीको साथमा मिस्ठान र स्वादिलो भुटुवा, अचारको स्वादमा कोरियाको गर्मीलाई एकै छिन भने पनि विर्सने मौका आएको छ।

कास्की परिवारका सचिव खोम गुरुङ र खेलकुद संयोजक क्षेत्र गुरुङका अनुसार सबै खेल एकै दिनमा खेलाईने हुदा सहभागी संस्था वा टीमलाई समयको ख्याल राख्दै समयमा उपस्थित हुन यसै समचारका साथ हार्दिक अनुरोध गर्नु भएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस