एचकेनेपाल डट कम संवाददाता-
तनहूँ, २२ असार। पोखराबाट मुग्लिनतर्फ आउंदै गरेको यात्रुबाहक बस चाइनिज पुलबाट मादी नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने १० जनाको जीिवतै उद्धार गरिएको छ।
नदीमा दुर्घटनाग्रष्त बस, शव, घाइते तथा उद्धारमा खटिएका स्थानीयबासी, प्रहरी र सेनाहरू। तस्वीर सौजन्यः डम्बर अधिकारी/फोटो पत्रकार महासंघ नेपाल
ना ४ ख ४६८४ नम्बरको यात्रुबाहक बस नदीमा खस्दा एक बच्चासहित १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। नदीबाट १२ जनाको शव निकालिएको छ।
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन। घाइतेको दमौलीको रत्नाहरी अस्पताल, दमौली अस्पताल र नेशनल एपोलो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकलाई उपचारको लागि पोखरा लगिएको छ।
पुल बाटो काट्न लागेको बच्चालाई बचाउन खोज्दा बस असन्तुलित भएर नदीमा खसेको जनाइएको छ। बसमा ३५-४० जनासम्म यात्रुहरु रहेको अनुमान गरिएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस