भुपाल गुरुङ / एचकेनेपाल डट कम-
पोखरा, २२ असार। पपुलर प्लेयर अफ द इयरको उपाधि जित्न सफल पोखरेली चेली झरना गुरुङलाई पोखरेलीहरुले अभिनन्दन गरेका छन्।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

खेलकुद पत्रकार मञ्चले वर्षेनी प्रदान गरिदै आएको लोकप्रिय पल्सर वर्ष खेलाडी झरनाले हात पारेपछि झरना सहयोग समितिको आयोजनामा शनिबार अभिनन्दन गरेको हो।

अभिनन्दन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले यस्ता उपाधिले खेलाडिहरुको मनोबल बढाउने बताए। उनले खेलकुद पत्रकारले वर्षेनी रुपमा उपाधि वितारण गरेर खेलाडीहरुको सम्मान गरेको समेत बताए। खेलाडी देश कै गहना रहेको दावी गर्दै देशले खेलाडीलाई सम्मान गर्नुपर्नेमा जोड दिए। कोइरालाले झरनाले सम्पूर्ण पोखरेली तथा देशलाई विश्व सामु चिनाउन सफल भएकोमा धन्यावाद समेत दिए।

अभिनन्दित हुदै झरना गुरुङले आफूँले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको माया पाएको भन्दै यो अभिनन्दनले अगाडि बढ्ने प्रेरणा मिलेको बताइन्। झरनाले सम्पूर्ण पोखरेलीहरुको सहयोगले उपाधि दिलाएको भन्दै आफूले पाएको उपाधि पोखरेलीलाई सुम्पिने बताइन्। मेरो जित नै सम्पूर्ण पोखरेलीको जित हो, पोखरेलीहरुको सहयोगले नै आज यो उपाधि हात पारेको हुँ उनले भनिन्। उपाधिसंगै आफूमा चुनौती थपिएको बताउदै यसलाई पूरा गर्न सधैँ तत्पर रहेने बताइन्।

कार्यक्रममा झरना सहयोग समितिका सल्लाहकार तथा समाजसेवी देवेन्द्र शेरचनले पोखरेलीहरुको सहयोगले नै वर्षेनी उपाधि हात पार्दै आएको दावी गरे। उनले यसले पोखरालाई खेल क्षेत्रबाट चिनाउन ठूलो सहयोग पुगेको बताए।

सहयोग समितिका संयोजक खगेन्द्र गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कोइराला र सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका नेता, खेलकुदसंग आवद्ध विभिन्न संघसंस्था, पत्रकार, सामाजिक संघसंस्था, खेल प्रशिक्षक तथा पोखरेलीहरुले अभिनन्दन पत्र र खादाले अभिनन्दन गरेका थिए। कार्यक्रम सहयोग समितिका सचिव भुपाल गुरुङले संचालन गरेका थिए।

समितिले अभिनन्दन कार्यक्रम पूर्व उत्सव ¥याली समेत निकालेको थियो। ¥यालीमा सम्पूर्ण क्षेत्रका व्यक्ति तथा खेलप्रेमी समर्थकहरुको सहभागीता थियो। उत्सव ¥याली पोखरा रंगशाला गेटबाट शुरु भइ पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा हुदै न्युरोडमा पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस