मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम-
धनकुटा, २१ असार। धनकुटा नगर क्षेत्रको पर्यटन क्षेत्रको रुपमा प्रवद्धन गर्नका लागि नगर क्षेत्रका पर्यटकीय स्थलहरुलाई सात क्षेत्रमा विभाजन गरी गन्तव्य स्थल निर्धारण गरिने भएको छ।

धनकुटा–१ हिलेको वसपार्कमा पर्यटकलाई आकर्षण गर्नका लागि निर्माण गरिएको तोङ्माको स्तम्भ। तस्वीरः मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम

पर्यटन विकास समिति धनकुटा र नमस्ते नेपालको आयोजनामा सञ्चालन भएको पर्यटन प्रवद्धन अभियान अन्र्तगत धनकुटा आउने पर्यटकहरुलाई सजिलोको लागि गन्तव्य स्थल निर्धारण गर्न लागिएको हो। विभिन्न सरोकारवाला निकायहरुको भेलाले धनकुटा नगर क्षेत्रलाई मुख्य गरी सात क्षेत्रका पर्यटकिय स्थलको रुपमा निर्धारण गरेको छ।

धनकुटा नगर क्षेत्रको पर्यटकीय स्थलहरुलाई सल्लेरी बन क्षेत्र, चुलीवन क्षेत्र, विहीवारे हटिया ठूलो घर क्षेत्र, चुलिवन क्षेत्र, पाल्लेखोला सेती–गंगा गुफा क्षेत्र, भाषा सिलढुंगा पाल्ले क्षेत्र, याक्चाना क्षेत्र र हिले क्षेत्रमा गरी जम्मा सात क्षेत्रमा विभाजन गरी गन्तव्य स्थल निर्धारण गरिएको पर्यटन विकास समिति धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले वताए। सल्लेरी बन क्षेत्रको पाँच पर्यटकिय स्थलहरुमा महेन्द्र पार्क, लहरे चौतारा, सरस्वती मन्दिर, ल्याण्ड फिण्ड साईड र साहित्यकार झमक घिमिरेको घर रहेको छ।

यसैगरी चुलिवन क्षेत्रको पाँच गन्तव्य स्थलहरुमा डाडागाउं, चुलिवन, देउराली डाँडा, ऐतिहासिक घुमाउने चौतारा र कृष्ण जी मन्दिर रहेको छ। त्यसैगरी बिहीवारे ठूलो घर क्षेत्रको सात वटा पर्यटकीय स्थलहरुमा ५२ ढोके दरवार, क्षेत्रिय संग्रालय, विहिवारे हटियाको मार्ग थान, ठूलो घर रामेश्वर शिवालय मन्दिर, गर्गाचार्य पुस्तकालय, जलाधार क्षेत्र र टुडीखेल जोरधरहरा रहेका छन् भने पाल्ले खोला सेती–गंगा गुफा पर्यटकिय क्षेत्रको तीन पर्यटकिय स्थलहरुमा पात्ले खोला, सेतीगंगा गुफा र औद्योगिक क्षेत्र रहेका छन्।

भाषा सिलढुंगा पात्ले पर्यटकिय क्षेत्रको तीन पर्यटकिय स्थलत्रहरुमा सिलढुंगा बन क्षेत्र, भाषा पाठशाला क्षेत्र, पारिपाल्ले रहेका छन्। हिले पर्यटकिय क्षेत्रको सात पर्यटकिय गन्तव्य सथलहरुमा चियावारी, बक्रकुण्ड (स्नेक स्टोन), ऐतिहासिक गुम्वाहरु, त्रिसुले डाडा, जौटार, उत्तरपानी र पाख्रिवास कृषि केन्द्र रहेका छन । यसैगरी याक्चाना पर्यटकिय क्षेत्रको तीन पर्यटकिय स्थल अन्र्तगत चुउरी डाडा, घ्रिलिङ्ग र तमोर नदीको रमाईले फाट रहेका छन्।

निर्धारण गरिएको गन्तव्य स्थलहरुको विकास र प्रवर्दन गर्नका लागि होटल व्यावसायी, पर्यटन व्यावसायी, सञ्चारकर्मी, ट्याक्सी व्यावसायीहरुलाई अध्ययन अवोलकन भ्रमण गराई प्रचार प्रसार गर्नका लागी सम्वन्धित निकायसंग पहल गरिने अध्यक्ष राईले जानकारी दिए। यसैगरी धनकुटामा ट्राभल्स एजेन्सी सञ्चालन गर्ने र धनकुटमा संचालित कोसेली घर र सूचना केन्द्रलाईलाई अझ व्यवस्थित रुपमा संचालन गर्न पहल गर्ने समेत भएको राईले वताए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस