एचकेनेपाल डट कम सम्वाददाता-
मुम्बई, १ चैत्र । बलिउड किङ शाहरूख खानकी पत्नी गौरी ऋतिक रोशनकी नायिका बन्ने भएकी छन्।
शाहरूख बलिउड नायिका प्रियंका चोपडासंग नजिकिएपछि खान दम्पतीको सम्बन्धमा दूरी बढेको हल्ला चलिरहंदा गौरी ऋतिक रोशनकी नायिका बन्ने हल्लाले बलिउडमा चर्चा पाएको छ।
शाहरूख र प्रियंकाबीच सामिप्यता बढेको आशंकापछि गौरीले प्रियंकाको उछितो खन्न पछि मात्र परिनन् आफ्नो ब्यानरमा बन्न लागेको फिल्ममा काम गर्न रोक लगाउने घोषणासमेत गरिन्।
तर, अहिले गौरीले शाहरूखलाई मात्र होइनन् ऋतिक रोशनकी नायिका बन्ने खबरले सिङ्गो बलिउडलाई हल्लाई दिएकी छन्। ऋतिक निर्माता बन्ने चलचित्रमा स्वयं ऋतिकको कथा पटकथा रहने जनाइएको छ भने निर्देशनको जिम्मेदारी महेश भट्टलाई दिइने भएको छ।
यसअघि, अग्निपथको सफलतामा दिएको पार्टीमा ऋतिकले सेक्सी र हट भन्दै गौरीको तारिफ गरेका थिए। गौरी चलचित्रमा खेल्ने खबरबाट शाहरूख बेखुसि रहेको उनका सहकर्मीले बताएपनि उनको औपचारिक प्रतिक्रिया बाहिर आएको छैन।
भनिन्छ, गौरीले ऋतिक रोशनको चलचित्रमा खेल्ने बचन दिइ सकेकी छन् भने ऋतिकले गौरीलाई एक बोल्ड अवतारको रूपमा उतार्न चाहेको बताएका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस