रमेश खावाजु / एचकेनेपाल डट कम-
दक्षिण कोरियामा नेवारी तथा नेपाली कला संस्कृतिको जगेर्ना तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको नेवा पुचः कोरियाले आउँदो २०१३ जुलाई २१ तारिख आइतबारका दिन रमाइलो गर्मि पिकनिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
नेवा पुचः दक्षिण कोरियाले बिगत ३ बर्षदेखि गर्मि याममा मनोरंजन गराउने उद्देश्यले रमाइलो पिकनिक कार्यक्रम गर्दै आइरहेको छ।
यस बर्ष देजन समुन्द्रको मनोरम ठाउँ बोरयोङ्ग मद्छुक्छेमा हुन लागेको पिकनिक कार्यक्रममा खेलकुद कार्यक्रम,गीत गाउने, नाच गान गर्ने तथा मिठो नेवारी परिकार (छोयला, अचार,चिउरा तथा अन्य परिकार) र कोरियन भोजनको ब्यबस्था गरिएको जानकारी सो पिकनिक कार्यक्रमका संयोजक रमेश श्रेष्ठले बताए।
जुलाई २१ तारिख बिहान सबेरै पिकनिक स्थल जाने भएकोले यस वर्ष पनि बिगतमा जस्तै जुलाई २० तारिख शनिबार बेलुका नेवाः पुचःको कार्यालयमा(जिन्गाक बौद्ध गुम्बा) सुत्ने ब्यबस्था गरिएको छ। कार्यक्रमको सिट सिमित भएकोले सहभागी हुन इच्छुक नेवा पुचःका सदस्यहरु तथा कोरियाबासी नेपालीहरुले जुलाई १४ तारिखसम्म पिकनिक शुल्क अनिबार्य रुपमा जम्मा गरि दिन अध्यक्ष नबिन बज्राचार्यले आग्रह गरेका छन्।
सम्पर्क तथा अन्य जानकारीको लागि:
नबिन बज्राचार्य – ०१० २४२० ०३८९
रमेश श्रेष्ठ – ०१० ३२६६ ९०३३
निर्मल महर्जन – ०१० २८९१ ८६४२
संजन जोंछें ०१०- ५९२४२८३९
बीरबहादुर डंगोल ०१० ४९५३ २९८४
रमेश खावाजु ०१० ५९२४ ५५७१
अरुण श्रेष्ठ (इपिएस छिन्गु )- ०१० ५८१० ६५५३
शुल्क: कार्ड हुने साथीहरुले पिकनिकको शुल्क ४०,००० वन, सदस्य कार्ड नहुने साथीहरुलाई ४५,००० वन तथा महिलाहरुलाई बिशेष सहभागी गराउने उद्देश्यले सहुलयत स्वरुप ३५,००० वन।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस