Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

रेडियोलोस्टिहरुको अन्तर्राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न

सन्तोष काफ्ले / एचकेनेपाल डट कम- धरान, ७ फागुन । धरानमा शुरु भएको रेडियोलोस्टिहरुको अन्तर्राष्ट्रिय सम्मेलन आइतवार सम्पन्न भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभाग, रेडियोलोजी सोसाइटी र रेडियोलोजी सोसाइटी अफ सार्कको आयोजनामा सम्पन्न भएको सो सम्मेलनमा सार्क मुलुकमा आठै देशका रेडियोलोजीष्टहरुको सहभागिता रहेको थियो भने अमेरिका, बेलायत, जापान, कोरिया, सिंगापुर, मलेसिया, चाइना, स्विजरल्याण्ड, फ्रान्स, इजिप्टलगायतका देशका विख्यात रेडियोलोजीष्टहरुको समेत सहभागिता रहेको रेडियोलोजी सोसाइटी अफ सार्कका निवर्तमान अध्यक्ष डा. राजकुमार रौनियाराले जानकारी दिए।

सम्मेलनमा रेडियोलोजि सम्बन्धी नयाँ नयाँ प्रविधिको स्टल राखिनुका साथै रेडियोलोजिष्टहरुलाई सो सम्बन्धी जानकारी समेत गराइएको थियो।

४ दिन सम्म चलेको सो सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको थियो।

सम्मेलनको पहिलो दिन नै रेडियोलोजिकल सोसाईटी अफ पाकिस्तानका अध्यक्ष डा. हमीद अक्रमलाई आगामी दुइ वर्षका लागि सोसाईटीको अध्यक्ष चयन गरिसकेको छ अगामी सम्मेलन भने पाकिस्तानमा हुने निवर्तमान अध्यक्ष डा. रौनियारले जानकारी गराउनुभयो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by