रमेश खावाजु / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, दक्षिण कोरियाको आन्सान माईग्रेन्ट सेन्टरमा विभिन्न कामको शिलसिलामा कोरियामा रहेका काभ्रे जिल्लावासीहरुको साझा चौतारी रुपमा रहेको काभ्रे सम्पर्क समिति कोरियाको बृहत् भेला तथा भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
दिउँसो १ वजेदेखि सुरु भएको सो बृहत भेला तथा भेटघाट कार्यक्रममा नवआगन्तुक सदस्यहरुलाई स्वागत गरेका थिए भने काभ्रे सम्पर्क समितिको स्थापनाकालदेखि समितिलाई सहयोग पुर्याउने ब्यक्तिहरुलाई कदर स्वरुप प्रमुख अतिथि राजदूत कमानसिंह लामाले सम्मानपत्र पनि वितरण गरेका थिए।
मन्तब्यको क्रममा राजदूत लामाले दक्षिण कोरियामा विभिन्न परोपकारी कार्यमा सक्रिय रहेका तथा काभ्रे सम्पर्क समिति र नेपाल योङ स्टार ग्रुपको स्थापना गर्न अग्रणी भूमिका निभाएका काभ्रे निवासी यम श्रेष्ठको निकै खुलेर प्रशंसा गरे। राजदूतले काभ्रे सम्पर्क समितिले दक्षिण कोरियामा निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै जाओस् भन्दै शुभकामना पनि ब्यक्त गरे।
कार्यक्रममा ब्यबसायी तथा समितिका सल्लाहकार राजेश लामाले सो संस्थालाई निरन्तर रुपमा भौतिक,नैतिक तथा आर्थिक रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे भने समितिका संस्थापक अध्यक्ष तथा नेपाल योङ स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठले भविष्यमा निरन्तर रुपमा समितिले परोपकारी कार्यलाई कोरियामा तथा आफ्नो गाउँ ,बस्तीको कुना काप्चासम्म पुर्याएको हेर्न चाहेको बताए।
त्यस्तै मन्तब्यको दिने क्रममा एनआरएनका उपाध्यक्ष तथा समितिका उपाध्यक्ष मणिक लामाले “हामी सबै मिलि एकबद्ध भइ आफ्नो ठाउँको बिकाश गर्न कोरियामा आफूले कमाएको केही रकम छुट्याई सहयोग गरौँ “भन्ने आफ्नो धारणा ब्यक्त गरे। करिब ५० जना भन्दा बढी काभ्रेलीहरु सहभागी रहेको सो भेलामा प्रमुख अतिथि राजदूत कमान सिंह लामा, एनआरएनका उपाध्यक्ष समिति मणिक लामा, ब्यबसायी, समाजसेवी तथा सल्लाहकार राजेश लामा, नेपाल योङ स्टार ग्रुपका अध्यक्ष तथा समितिका संस्थापक अध्यक्ष यम श्रेष्ठ, पत्रकार महासंघ कोरिया शाखाका सदस्य मिङमार लामा,नेपाल तामाङ संघका सहसचिब नवराज तामाङ तथा आपतकालीन सेवा समितिका पूर्व अध्यक्ष दिनेश शाहको उपस्थिति रहेको थियो।
भेलामा कोरियाको बसाईको समयमा आइपर्ने बिभिन्न समस्याहरुको समाधान कसरी गर्ने तथा सबैको सुख दुःखमा हातेमालो गरी काभ्रे जिल्लावासीहरुलाइ कसरी कोरियामा एकतावद्ध पार्ने जस्ता विभिन्न बिषयहरुमा पनि छलफल पनि भएको थियो। त्यस्तै कोरियामा मात्र होइन काभ्रे जिल्लाको शैक्षिक,आर्थिक र सामाजिक विकासका लागि के कस्ता कार्यहरु गर्न सकिन्छ तथा कोरियामा विभिन्न बिषयहरुमा संस्थाको भाबी योजनाहरुको बारेमा सल्लाह हुँदा सहभागीहरु हौसिएका थिए।
संस्थाले त्यस्तै आउदो चुसकमा चिट्ठा कार्यक्रम गर्ने तथा काभ्रेको एउटा अस्पतालको लागि एम्बुलेन्स सहयोग गर्ने योजना उक्त सामुहिक छलफलको निष्कर्षले पारित गर्यो। साँझ ५:३० सम्म चलेको सो कार्यक्रममा समितिका सदस्य प्रकाश अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने गोबिन्द गौतमले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रम अध्यक्ष मनमहेश भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो।
काभ्रे सम्पर्क समितिद्वारा आउँदो चुसकमा हुने चिट्ठा कार्यक्रममा सहयोग गरिदिन काभ्रेली दाजुभाई दिदीबहिनीहरु, कोरियास्थित संघ संस्थाहरु तथा सम्पूर्ण कोरियाबासी नेपालीहरुमा अध्यक्ष मन महेश भुजेलले अनुरोध गरेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस