सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
बाह्र वर्षपछि बगेको खोला पनि फर्किन्छ भन्ने उखानलाई पहिल्याउंदै नेपालका चर्चित हेयर स्टाईलिष्ट निल डेविड कटुवाल आफनो बाह्र वर्ष अघिको फेशन डिजाईनर बन्ने सपना साकार पार्न दिनरात एक पारी लागिपरेका छन्।

सानैदेखि क्रियटिभ सोच राख्दै आएका निल डेविडलाई फेशन डिजाईनर बन्ने भुतले यसरी समात्यो कि उनले भारतको इफर ईन्टरनेशनल ईन्स्टिच्युट अफ फेशन डिजाईनिङमा १८ महिने कोर्ष समेत सके तर त्यसबेला हेयर स्टाईलिस्टमा राम्रो स्कोप तथा हेयर डिजाईनिङमा क्रान्ति ल्याउने सोचले फेशन डिजाईनरको रुपमा आफूलाई अगाडि ल्याई हेयर डिजाईनिङ कोर्ष दिल्ली, थाईल्यान्ड, सिंगापुर, लन्डनमा गरे भने हलिउड मेकअप आटिस्ट कोर्ष समेत पूरा गरे। एक दशकदेखि निल डेविड नेपाली हेयर डिजाईनिङ क्षेत्रमा एउटा भिन्दै ब्राण्ड बन्न सफल भएकोछ।

काठमाडौं, विराटनगर, विर्तामोडलगायत भारतको सिलिगुरी, खर्साङ, दार्जिलिङ, नाम्ची, सिक्किम र गान्तोक सिक्किममा समेत आफनो ब्राण्डमा हेयर सेलुन खोलेर सफलताको झण्डा गाडिसकेका निल डेविड आफनो हेयर सेलुनको व्यवस्थापन संगै बाह्र वर्ष अगााडिको आफनो फेशन डिजाईनर बन्ने सपनालाई साकार पार्दैछन्। हाल उनी निफ्ट नेशनल इन्स्टिच्यूट अफ फेशन डिजाईनिङ सिलिगुडी बाट २ वर्षको डिप्लोमा कोर्ष गर्दैछन् भने आगामी अगस्ट १२ बाट लन्डन कलेज अफ फेशनमा चार हप्ताको एडभान्स फेसन डिजाईनिङ कोर्ष गर्न जाँदैछन् भने आगामी सन् २०१४ को जुलाईमा ईटलीको मिलान कलेजमा सेलिब्रेटी फेशन डिजाईनिङ समेत पढ्ने समय मिलाईसकेका छन्। त्यसपछि पूर्णरुपमा आफूलाई क्रियटीभ नेपाली फेशन डिजाईनरको रुपमा आफूलाई अगाडि ल्याउंदै मात्र छैनन्। सन् २०१५ को मार्च सम्ममा उनी आफनै NDK(एनडिके) ब्राण्डमा आफ्ना क्रियटीभ डिजाईनहरु विश्वभर लञ्च गर्ने तयारीमा छन्। उनका NDK ब्राण्डको प्रमोट गर्न बलिउडमा नाम चलाईसकेको ९० को दशकका लोकप्रिय डिजाईनर हेमन्त शर्माले उनलाई साथ दिने निलडेविड बताउंछन्।

सफल फेशन डिजाईनर बन्न अन्तर्राष्ट्रिय डिग्रिका साथै अन्तर्राष्ट्रिय डिजाइनरहरु संगको संगत र आफनो क्रियसनको अत्यन्त जरुरी रहेको बताउने निल डेविड आफू पूर्ण रुपमा पर्फेक्ट भएपछि सन् २०१५ बाट फेशन डिजाईनरको रुपमा नेपाल संगै अन्तर्राष्ट्रिय नेपाली बजारमा छाउने तयारी गर्दैछन्। आफनो हेयर डिजाईनिङको ग्राहकहरुबाट पाएको माया जस्तै फेशन डिजाईनिङ्गको ग्राहकहरुबाट पनि माया पाउने कुरामा आफू ढुक्क रहेको नील बताउंछन्। यसका लागि फेशन ट्रेन्डस, उमेर, अनुहार, फेब्रीक, कलर र डिजाईन लगायतका हरेक कुरामा ध्यान प¥ुयाएर एउटा राम्रो डिजाईन तयार गर्नसके मात्र म आफ्ना ग्राहकहरुको प्रिय हुनेछु र म मेहनत गरेर पढ्दैछु, क्रियटिभ फेशन डिजाईनर कसरी बन्ने भनेर। उनको सफलताको कामना।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस