एचकेनेपाल डट कम संवाददाता-
हङकङ, अधिवेशनमा अनियमितता भएको आरोपसहित खारेजीको माग गर्ने मीनबहादुर गुरुङ समूहले गैर–आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् हङकङ विशेष चौथो अधिवेशन तयारी समिति गठन गरेको छ।
चौतारी क्लवमा सोमवार आयोजित घोषणासभामा अध्यक्षका प्रत्याशी रहेका गुरुङले विधान विपरितका गतिविधिका कारण ट्रयाकबाहिर गएको संस्थालाई ठीक ठाउँमा ल्याउन विशेष अधिवेशन तयारी समिति गठन गरिएको बताए। उनले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)लाई दिइएको १४ दिने अल्टिमेटमभित्र कुनै कारवाही नभएपछि समिति घोषणा गर्न बाध्य भएको दावी गरे।
विशेष अधिवेशन तयारी समिति घोषणा गर्दै संयोजक गुरुङलगायत अन्य। तस्बिरः एभरेष्ट ।
कार्यक्रमको शुरुवातमा उनले १६ जुनका दिन सम्पन्न छलफल तथा अन्तत्र्रिmया कार्यक्रमको म्यान्डेट अनुरुप समिति गठन गरिएको जानकारी गराएका थिए। उनले १८ मेका दिन पत्रकार सम्मेलनमार्पmत अधिवेशनमा भएका अनियमितता सार्वजनिक गरेका थिए।
१४ मे का दिन सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित गरिएको कार्यसमिति खारेज गरिएको जानकारीसहित घोषणा गरिएको सात सदस्यीय समितिका संयोजकमा स्वयं मीनबहादुर गुरुङ रहेका छन्। सन्तोष राई सदस्यसचिव रहेको समितिका सदस्यहरुमा शत्रुघन उदास, गोविन्द गुरुङ, लक्ष्मीप्रसाद राई, भेषबहादुर पुन र गणेशबहादुर गुरुङ रहेका छन्।
उक्त अवसरमा नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष मैनबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) हङकङका अध्यक्ष भक्त गुरुङ, सङ्घीय समाजवादी पार्टी नेपाल, हङकङका अध्यक्ष ओमराज सम्बाहाम्फे, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष रविन लिङ्देन र हङकङ नेपाली महासंघका संस्थापक अध्यक्ष मणि किरात बान्तवाले शुभकामना व्यक्त गरेका थिए।
शुभकामना व्यक्त गर्नेहरुले संस्थालाई विधानसम्मत ढंगले अघि बढाउँन समितिलाई सफलता मिलोस् भन्दै छुट्टै संस्था बनाएर हङकङेली नेपाली एकतामा आँच आउन नदिन सचेत गराएका थिए। उनीहरुले मिल्ने नाममा गुपचुप सहमति नगर्न चेतावनीसमेत दिएका थिए। मन्तव्यको क्रममा उनीहरुले अहिलेसम्म सार्वजनिक भएका प्रमाणका आधारमा अधिवेशनमा अनियमितता भएको प्रष्ट भएको बताउँदै विशेष अधिवेशनमा जोड दिन आग्रह गरे। त्यसैगरि उनीहरुले विशेष अधिवेशनको लागि सहयोग गर्न आपूmहरु तयार रहेकोसमेत बताए।
समानान्तर समिति गठन र अधिवेशन खारेजीको माग सम्बन्धमा एशिया–प्यासफिक क्षेत्रीय संयोजक यमकुमार गुरुङले छानबिन भइरहेको र अनियमितिता भएको पाइएमा खारेज हुने बताएका छन्। उनका अनुसार छानबिनको लागि आईसीसी सदस्य कृष्णप्रसाद पाण्डेलाई जिम्मेवारी दिइएको छ। पाण्डेले छानबिन र छलफल चलिरहेकोले छिट्टै समाधान निस्कने आशा व्यक्त गरे। उनले विधान विपरितका कामकार्वाही भएको पाइए सोही बमोजिमको निर्णय हुने बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस