सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
गाउनमा अव्वल गायकका रुपमा परिचित गायक राजेशपायल राई बेलाबेलामा समाज सेवाका कार्यहरुमा पनि आफूलाई अगाडि ल्याउने गर्छन्।

यसै सन्दर्भमा मंगलबार उनले एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी समाजसेवाका कार्यहरुमा अग्रसर संस्था हेल्प नेपाल र चेलीबेटी असहाय गरिब उपेक्षितहरुको उत्थानमा सक्रिय रक्षा नेपाल नामक संस्थालाई रु २५ हजारका दरले सहयोग प्रदान गरेका छन्। सहयोग रकम रक्षा नेपालको प्रतिनिधि मेनुका थापा र हेल्प नेपालका लागि चलचित्र पत्रकार संस्थाका अध्यक्ष विदुर गीरिलाई गायक राजेश पायल राईले हस्तान्तरण गरेका थिए।

आफनो देश विदेशको साँगीतिक कार्यक्रमहरुबाट उठेको रकम मध्येको केही अंश र जापान बसोबास गर्ने समाजसेवी जीवनराज भण्डारीले दिएको सहयोग रकमबाट उनले सहगोग रकम हस्तान्तरण गरेका हुन्। हाल दर्शन नमस्ते– २ नामक एल्बमको रेकर्डिकमा व्यस्त राजेशले आफनो गरिब असहाय शिक्षा सामाजिकलगायतका क्षेत्रमा सहयोगको गुरुलाई राजेश पायल राई फाउन्डेशन मार्फत बृहत रुपमा बढाउंदै लाने बताउंछन्।

कार्यक्रममा नै जापानमा रहेका नमस्ते ब्यान्डका ईश्वर गुरुङ र प्रकाश राना मगरको सक्रियतामा रु २,००,०००/– को अक्षकोष निर्माण गरिएको अरुण थापा युवा सङ्गीत पुरस्कार गीतकार, गायक, गायिका, सङ्गीतकार मध्ये एकलाई हरेक वर्ष प्रदान गरिने गायक राजेश पायल राईले कार्यक्रममै घोषणा गरे। उक्र संगीत पुरस्कारको नेपाल संयोजक रहेका गायक पायलका अनुसार हरेक वर्ष दिईने पुरस्कार राशी रु.५०,०००/– हुनेछ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस