एचकेनेपाल डट कम संवाददाता-
काबुल। २ जुलाई। तालिवानी विद्रोहीको आत्मघाती आक्रमणमा परेर अफ्गानिस्तानमा ४ नेपालीसहित ७ जनाको मृत्यु भएको छ।
नेपाली समय अनुसार मंगलबार विहान करीव पौने ६ बजे भएको आक्रमणमा परेर मृत्यु हुनेहरुमा चार नेपाली सुरक्षा गार्ड, एक अफ्गानी सुरक्षा गार्ड र दुई अफगानी नागरिक रहेका छन्।
नाटो सैनिकका लागि सामान लिएर आएको ट्रकलाई गेटमा रोक्न खोज्दा आक्रमणकारीले सुरक्षार्थ खटिएका चार नेपाली सुरक्षागार्डमाथि गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
आक्रमणमा बिष्फोटक पदार्थ लिएर आएको ट्रक बिष्फोट हुंदा गेटबाट भित्र छिर्न ट्रक पछाडि पालो कुरेर बसेका दुई वटा ट्रकका चालक समेतको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विष्फोटले घटनास्थलमा ठूलो खाल्डो पारेको छ।
तालीवानी विद्रोही र सुरक्षाकर्मीबीच करीव आधा घण्टा चलेको दोहोरो फाइरिङमा चार आक्रमणकारीको मृत्यु समेत भएको जनाईको छ।
घटनामा मारिएका चार नेपाली सुरक्षा गार्डको पहिचान सार्वजनिक गरिएको छैन।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले यसबारे जानकारी नआईसकेको भन्दै जानकारी लिने प्रयास भईरहेको बताएका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस