एचकेनेपाल डट कम संवाददाता-
हङकङ, फुङ्लिङ ताप्लेजुङ बजार सेवा समिति हङकङले आइतवार एक कार्यक्रमको आयोजना गरी ताप्लेजुङ अग्निपीडितलाई हङकङ डलर ३१ हजार ५ सय २० (नेपाली करीव ४ लाख रुपैयाँ) सहयोग गरेको छ।

ताप्लेजुङ अग्निपीडित सहयोग साँझ कार्यक्रमको लागत खर्च कटाएर उक्त रकम हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक चन्द्र मादेन आन्छन्ले बताए। नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईलाई सहयोग रकम हस्तान्तरण गरेर नेपालमा पनि पत्रकार महासंघ ताप्लेजुङ शाखाबाटै वितरण हुने गरी पठाइएको हो। कार्यक्रममा एक हजार हङकङ डलर भन्दामाथिको रकम सहयोग गर्ने सहयोगीहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो।

यसअघि पनि सन् २००२ मा ताप्लेजुङका विभिन्न गाउंहरुमा ३६ जनाको मृत्यु हुने गरी गएको भिषण पहिरोमा परेका पीडित परिवारहरुलाई ८ लाख, त्यसपछि शहरमा आगलागी भएर ४५ घर खरानी हुंदा ४ लाख ५० हजार र अहिले गत माघ २६ गते भिषण आगलागीमा परेर ८ घर खरानी भएर करोडौं क्षति भएपछि पीडित परिवारलाई राहत स्वरुप करीव ४ लाख रुपैयाँ पठाइएको कार्यक्रमका अध्यक्ष चन्द्र मादेन आन्छन्ले बताए।

आयोजकले सहयोग रकम जुटाउन नेपालबाट कलाकारत्रय मेघराज मगराती, श्रेया (प्रमिना) राई र विक्रम लिम्बूलाई हङकङ निम्त्याएर गत मे ५ तारिख ताप्लेजुङ अग्निपीडित सहयोग साँझ कार्यक्रम आयोजना गरेको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस