बि रेग्मी/ एचकेनेपाल डट कम-
टोकियो, जापनको टोकियोमा बस्दै आएका राप्ती अञ्चलबासीको पहिलो भेला जुलाई २८ मा हुने भएको छ।

बिभिन्न पेशा, ब्यवसाय, अध्ययन-अनुसन्धान तथा रोजगारीका लागि जापानमा रहनुभएका राप्ती अञ्चलबासीहरुबिच पारस्परिक भेटघाट,परिचय, भाइचारा एवं सहयोग तथा सम्बन्धमा बिकास एवं बिस्तार गर्ने उद्देश्यले उक्त भेला हुन गईरहेको आयोजक श्रोतबाट थाहा भएको छ।

टोकियो निप्पोरीस्थित एभरेष्ट क्याफेमा अपरान्ह ३ बजेदेखि हुन गईरहेको उक्त भेलामा उपस्थित भईदिन राप्तीबासीहरुलाई हार्दिक अनुरोध गरिएको छ।

अञ्चलबासीहरु एकत्रित भई आपसी हितका बिषय र अञ्चलका लागि जापानबाट खेल्न सकिने सहयोगी भूमिकाका सम्बन्धमा भेलामा बृहत छलफल गरी सोही भेलाबाट राप्ती अञ्चलबासीहरुको एउटा संगठन निर्माण गरिने बुझिएको छ।

बेलायत, अमेरिका, अष्ट्रेलिया लगायतका अन्य मुलुकहरुमा राप्तीबासीहरु धेरै पहिलेदेखि संगठित भई बिभिन्न उदाहरणीय सामाजिक कार्यहरु गर्दै आईरहेको परिप्रेक्ष्यमा जापानमा पनि राप्तीबासीहरु जुर्मुराउन थालेका हुन्।

भेला हुने स्थानबारे जानकारी:

मितिः २८ जुलाई २०१३ आइतवार
समयः अपरान्ह ३ बजे
फोनः ०८०-९४११-३७२४

स्थानः एभरेष्ट करी क्याफे निप्पोरी स्टेशन उत्तरी गेटबाट १ मिनेट मात्र
ठेगाना: ३०३ स्टेशन पोर्ट टावर, २-२०-१ निशी-निप्पोरी, आराकावा-कुटोकियो

थप जानकारीका लागि सम्पर्कः

पदम भट्टराई ०८०-३९२९-७६८६
डा. नेत्रप्रकाश भण्डारी ०९०-३७८५-५८३६
बालकुमार पुन ०८०-९१८०-२०४९
दिवाकर श्रेष्ठ ०८०-४१८५-२२४४
दिनेश डाँगी ०८०-४७३९-५७२७
युवराज रेग्मी ०८०-९४११-३७२४
रुपेशराज ओली ०८०-४०८०-२१८४
बि रेग्मी ०९०-९८११-६२२६
बिष्णु पौडेल ०८०-४१५२-४५२७


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस