एचकेनेपाल डट कम सम्वाददाता-
गोरखा, १ चैत्र । बोक्सोको आरोपमा मंगलवार गोरखा थुमी-६ का गोठे सार्कीलाई बञ्चरो प्रहार गरी हत्या गरेको छ। ५८ वर्षीया सार्कीलाई उनकै काकाका छोरा हिराबहादुर भनिने काले सार्कीले हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले हत्यापछि जंगलमा लुकेर बसेका ४० वर्षीय कालेलाई तीन घण्टापछि पक्राउ गरेको छ।
ज्वरोले विरामी परेर सुतिरहेको अवस्थामा कालेले गोठे सार्कीमाथि बञ्चरो प्रहार गर्दा तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ। पटक पटक गोठे सार्की र उनकी श्रीमतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै आएका कालेले गाउं सुनसान भएको बेला हत्या गरेका थिए।
बोक्सीको वीर पालेर पटक पटक दुःख दिएको भन्दै हत्या गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस