दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा १७ दोविल्लामा बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोगबाट करीब २ करोडको लागतमा हालै निमार्ण भएको सहारा एकेडेमीमा १३ जना वालकहरु बस्न थालेका छन्। कठिन परिस्थिती एवम विपन्न बर्गका गरी कास्कीसहित ९ जिल्लाबाट पहिलो चरणमा १३ जना वालकहरु छनौट भएपछि आवासीय सहितको एकेडेमीमा बस्न थालेको सहारा क्लवका अध्यक्ष विक्रम थकालीले बताए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

“आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्य अनुरुप सहारा क्लब पोखराद्धारा विगत १२ वर्ष देखि सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ। २०६१ सालदेखि कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु सम्मेलित पहिलो चरणको आवासिय सहितको सहारा फुटबल एकेडेमी सम्पन्न भई सकेको छ। एकेडेमीलाई व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालन गरि शिक्षा, स्वास्थ्य र आवसको व्यवस्था मिलाई कुशल फुटबल खेलाडी, सभ्य एवं असल नागरिक उद्पादन गरि सामाजिक दायित्व पनि पूरा गर्ने उद्देश्य अनुरुप आफ्नै भवनमा पहिलो पटक एकेडेमी संचालन गर्न पाएकोमा क्लबका अध्यक्ष थकालीले खुसि व्यक्ति गर्दै यसलाई दिगो रुप संचालन गर्न सहयोग दाताको निरन्तर सहयोग आवश्यक भएको बताए। ३० जना वालकहरु राख्ने लक्ष्य राखेको क्लबले एकेडेमि संचालन गर्न बार्षिक २० लाख खर्च लाग्ने जनाएको छ।

क्लबले बर्षेनी आहा रारा गोल्ड कप संचालन गर्दै आएको छ भने उक्त प्रतियोगिताबाट बचत भएको रकम समेत सोही एकेडेमीमा खर्च गर्दै आएको यस किसिमको एकेडेमी नेपालकै पहिलो रहेको, सम्पूर्ण बालकहरुलाई शिशुकल्याण निम्न माध्यमिक विद्यालय, खल्ल्याङ, भरतपोखरी–४ मा निःशुल्क अध्यापनको व्यवस्था मिलाएको छ, महासचिव केशवबहादुर थापाले बताए।

२०५८ मा आ–आफ्नो घरघरबाट फुटवल प्रशिक्षण गर्न आउने गरी एकेडेमीको रुपमा संचालन गरेको क्लबले जनाएको छ। पहिलो तथा दोश्रो एकेडेमीमा क्लबले २० जना बालकहरुलाई फुटवल प्रशिक्षण दिएको हो। आवासिय सहितको एकेडेमीमा अघिल्लो बर्षसम्म बसेका २० जना मध्य ९ जना व्वाईज युनियनमा आबद्ध भएका छन भने केही फुटवल खेल्न विभिन्न क्लबमा आबद्ध भएका छन्।

क्लवले बालकहरुको फुटवल खेलाडीको रुपमा उत्पादन गरी कम्तिमा पनि प्रबेसीका परिक्षा उतीर्ण गराउन सहयोग गर्ने भएको वालक छनौट समितिका संयोजक एवम क्लवका बरिष्ठ उपाध्यक्ष विरभद्र आचार्यले बताए। पहिलो एकेडेमीबाट राष्ट्रिय स्ट्राईकर अनिल गुरुङ्ग, आर्दश शाही, विष्णु गुरुङ सहितका चर्चित खेलाडी उत्पादन भएका हुन्। एकेडेमीका किशोरहरु हाल व्यवसायीक खेलाडीको रुपमा सहभागी भई रहेका छन् भने केही स्वरोजगारमूलक तालिम दिई व्यवस्थापन गरिएको क्लवले जनाएको छ।

दोविल्लामा करिव २६ रोपनी जग्गा खरिद गरि एकेडेमीको लागि आवश्यक पूर्वधारहरुको निमार्ण भई सकेको क्लबले जनाएको छ। २०७० सालदेखि दोश्रो चरणको एकेडेमी सञ्चालन गर्नको लागि नेपाल भरिबाट करिब ३० जना बालकहरु छनौट गर्ने कार्यक्रम रहेको छ। छनौटमा परेका वालकहरुमध्ये ८ जनाले बाबु तथा आमा गुमाएका छन्। ८ देखि १० बर्ष मुनिका ३ देखि ५ कक्षामा अध्ययनरत बालकहरुलाई शिशुकल्याण निम्न माध्यमिक विद्यालय, खल्ल्याङ, भरतपोखरी–४ मा निःशुल्क अध्यापनको व्यवस्था मिलाएको संयोजक आचार्यले बताए। अन्य वालकहरुलाई छनौट गर्ने क्रम जारी रहेको छ आचार्यले बताए।

यसै विच शनिबार एक समारोहका विच पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले उक्त एकेडेमिको शुभारम्भको उद्घाटन गरे। कार्यक्रममा बोल्दै उनले मोफसलमा रहेको क्लवले फुटवल खेलको विकाससंगै सामाजिक गर्दै आएकोमा प्रशंसा गरे। उनले क्लवको एकेडेमि संचालन गर्न सहयोग गर्ने वचन समेत दिए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस