एचकेनेपाल डट कम संवाददाता-
सनफ्रान्सिस्को । मदरल्याण्ड नेपालले नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता रवीन्द्र अधिकारीलाई शुक्रबार साँझ सनफ्रान्सिस्कोमा एक समारोहको आयोजना गर्दै स्वागत गर्यो।
‘पहिला हामी राजतन्त्रले देश बिगार्यो भनेर चोखिने प्रयास गर्यौ, तर अब दोष लगाउनका लागि हामीसँग कोही पात्र छैन, समयमै हामीले ध्यान दिन सकेनौं भने जनताले हामीलाई माफ दिनेछैनन्’ अधिकारीले भने। नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक सुधार हुन नसकेका कारण आम नागरिकले लोकतन्त्रको लाभ लिन नसकेको अधिकारीको भनाइ थियो।
कास्की क्षेत्र नम्बर ३ बाट विघटित संविधानसभाका सदस्य रहेका अधिकारी अनेरास्ववियुको नेतृत्वमा लामो समय सक्रिय थिए। प्रष्टवक्ता युवा नेताको छवि बनाएका अधिकारी कतिपय सबालमा एमाले पार्टीकै नेतृत्वको आलोचना गर्नसक्ने उचाइ राख्छन्। अधिकारी अमेरिकी सरकारले प्रदान गर्ने आइभी कार्यक्रममा यहाँ भ्रमणमा छन्।
हिमालयन फ्लेभर रेष्टुरामा आयोजित स्वागत कार्यक्रममा अधिकारीलगायतका सहभागीको स्वागत गर्दै मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले नेपालको भविष्य युवा नेता तथा कार्यकर्तामै भएकोले सबै पार्टी वा नागरिक समाजका व्यक्तिलाई यसरी नै स्वागत गर्ने र उनीहरुका साथ आफ्नो संस्था पनि रहेको देखाउने प्रयास गर्नेगरेको जानकारी दिए। पाण्डे नेपाल पर्यटन विकासका लागि क्यालिफोर्नियाका अवैतनिक प्रवर्धक हुन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस