विजय थापा / एचकेनेपाल डट कम –
भर्जिनिया, १५ आषाढ। ३१औ एएनए न्यु योर्क सम्मेलन प्रारम्भ हुन अब करीव एक हप्ता मात्र बांकी रहेको छ।

आयोजक समिति सम्मेलनलाई सर्वोत्कृष्ट बनाउन अहोरात्र मेहनत गरि रहेको जानकारी ३१ औ एएनए सम्मेलनका संचार संयोजक सूर्य थापाले एक छापा बिज्ञप्ति मार्फत जनाएका छन्।

थापाले उक्त बिज्ञप्तिमा जानकारी गराउदै करीव एक दशकपछि मह जोडी बिशेष प्रस्तुति गर्न अमेरिका आई पुगेको जानकारी दिदै जुलाई ४ देखि ६ सम्म हुने न्यु योर्क सम्मेलनमा सबैलाई मह जोडीको प्रस्तुतिको भरपूर आनन्द लिन आग्रह गरेका छन्।

लामो समयको अन्तराल पछि अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले मह जोडीलको बिशेष प्रस्तुति हेर्ने अवसर पाउने छन् भन्ने विश्वास गर्दै आफ्ना साथीभाई,छिमेकी,ईस्टमित्र तथा परिवारसहित उपस्थित हुन अनुरोध गरेका छन्। कार्यक्रमको बिस्तृत जानकारीको लागि सम्मेलन संजाल www.anany2013.org (वेब साइट) हेर्न अनुरोध गरिएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस