राजेश राई / एचकेनेपाल डट कम-
स्याङजा, १४ असार। एमाले महासचिव इश्वर पोखरेलले बेलायती पक्षबाट लड्दा मारिएका ६० हजारभन्दा गोरखा सैनिकहरुको सम्झनामा निर्माणधिन ‘गोरखा स्मारक’ क्षेत्रको अवलोकन गरेका छन्।

महासचिव पोखरेल स्याङजाको फेदीखोला–८ स्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारक अवलोकनका लागि शुक्रबार पुगेका हुन्। अवलोकनपछि महासचिव पोखरलले ‘गोरखा स्मारक’ नेपालीहरुको गौरव भएको उल्लेख गदै यसको निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए। पोखरेलले ‘गोरखा स्मारक’ निर्माणमा एमालेले सबै खालको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। बेलायत र नेपाल सरकारले गर्नुपर्ने काम गेसोले गरेको भन्दै महासचिव पोखरेलले गेसोको प्रशंसा समेत गरे।

महासचिव पोखरेललाई गेसो सभापति पदमबहादुर गुरुङले स्मारक क्षेत्रको र योजनाबारे जानकारी दिएका थिए। यसअघि, संघीय समाजवादी पार्टी, नेपालका अध्यक्ष अशोक राई र एमाले उपाध्यक्ष बामदेब गौतमले स्मारक क्षेत्रको अवलोकन गरिसकेका छन्।


फाइल फोटोः निर्माणधिन ‘गोरखा स्मारक’


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस