चन्द्र केसी / एचकेनेपाल डट कम –
नेलरल्याण्ड, नेपालमा हालै भएको अबिरल बर्षका कारण आएको बाढी पहिरोको कारण दर्चुलालगायत सुदूर पश्चिम क्षेत्रका बिभिन्न जिल्लाहरुमा भएको जनधनको क्षतिप्रति नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले गहिरो दु:ख र सहानुभूति एक बिज्ञप्ति जारी गर्दै प्रकट गरेको छ।
बिज्ञप्तिमा आकस्मिक रुपले आइपरेको बिपदको दु:खद घडीमा सम्पूर्ण प्रभावित परिवारहरूप्रति साथ तथा एक्यबद्धता रहेको समेत उल्लेख गरिएको छ। साथै सो क्षेत्रमा बाढीपहिरोका कारण घरबारबिहीन बन्न पुगेका नेपाली परिवारहरुलाई प्रबासमा रहेर पनि यथासक्या सहयोग गर्नु पर्ने कर्तब्य बोधका साथ नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले यहाँबाट पनि आर्थिक संकलन गरी बाढी प्रभावित क्षेत्रको सहयोगार्थ पठाउने अभियानमा जुटेको छ।
अकल्पनीय दैबिक प्रकोपमा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई राहत स्वरुप मनबीय सहयोग पुराउनका लागि नेपाली जनसम्पर्क समिती नेदरल्याण्डसले संस्थाका सबै सदस्यहरु तथा शुभेच्छुक साथीभाइहरुलाई स्वेच्छापूर्वक यथासक्य खुल्ला हृदयले सहयोग गर्न हार्दिक अपिलसमेत गरेको छ।
सहयोग रकम संकलन तथा सम्पर्क ब्यक्तिहरु:
१) दिपक रेग्मी 0684103956
२) डम्बर कोइराला 0684324988
३) बिष्णु पोखरेल 0684739216
४) युवराज पन्थी 0685274287
५) चन्द्र के.सी 0684444490
६) निरज बिष्ट 0651043871
७) कृष्ण छेत्री 0614690770
तथा सबै नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरु तथा सदस्यहरु।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस