एचकेनेपाल डट कम सम्वाददाता-
बोस्टन, अमेरिका। एएनएको ३१ औं अधिबेशनमा सहभागी हुने सिलसिलामा अमेरिका पुगेका प्रशिद्ध साहित्यकार तुलसी दिवसले एकल कविता वाचन गर्ने भएका छन्। अमेरिकाका विभिन्न राज्यमा उनले विशेष सम्मानका साथ कविता वाचन गर्ने भएका हुन्।

http://i1.ytimg.com/vi/tHZLP8J5O_U/mqdefault.jpgउनको पहिलो कार्यक्रम डिसी मेट्रो क्षेत्रका एएनए नेपाली साहित्य प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डिसी च्याप्टर, पासपुच अमेरिकाय, विश्वपरिक्रमा पाक्षिक, खसखस् डट कम र अमेरिका नेपाल चौपारीलगायतका सस्थाको संयुक्त आयोजनामा हुनेछ। कार्यक्रम अमेरिकाका लागि नेपाली राजदूत महामहिम शंकरप्रसाद शर्माको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम संयोजक बसन्त श्रेष्ठले बताए।

यसै गरि हिमालयन लायन्स क्लब र सिर्जना उत्सवको आयोजनामा बोस्टनमा पनि जुलाईको दोश्रो साता कवि दिवसको एकल कवि वाचन गरिने भएको छ। कार्यक्रमका लागि महेश्वर पन्त, दीपा राई पुन , पेशल रेग्मी र गोवर्धन पूजा सम्मिलित एक आयोजक समिति गठन गरिएको छ। अमेरिका बसाइका क्रममा दिवसले कोलोराडो, न्युयोर्कलगायतका शहरमा पनि साहित्यिक कार्यक्रममा सहभागिता जनाउने छन्।

तुलसी दिवस साहित्यकार तथा संस्कृतिविद्का रुपमा प्रशिद्ध छन्। उनले सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्ने अवसर पाएका थिए। अमेरिका, जापान लगायतका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरेका उनले त्रिचन्द्र क्याम्पस र पद्मकन्या क्याम्पसमा लामो समय प्राध्यापन गरेका थिए भने भने विदेशमा पनि विभिन्न पदमा रही भाषा र संस्कृति विषयमा काम गरेका थिए। बिशेषगरी गीत, कविता तथा कथा लेखनमा आवद्ध रहेका उनी कविता बाचन कलामा निकै लोकप्रिय छन्। उनका संस्कृति र लोक संगीत विषयमा थुप्रै पुस्तकहरु प्रकाशित छन्। उनले संकलन गरेको कान्छी मट्याङ्ट्याङ लगायतका लोक गीतहरू एक समय निकै चर्चित थिए। हाल उनी नेपाली लोकवार्ता तथा संस्कृति समाजको अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य छन्।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस