मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम –
धनकुटा, १४ असार। पत्रकारलाई समुदायप्रति जवाफदेही वनाउने उद्देश्यले मानवअधिकार सम्वन्धी तीन दिने कार्यशाला गोष्ठी भईरहेको छ।
मानवअधिकार र पत्रकारलाई समाजप्रति जवाफदेही वनाई समाजका मानअधिकारको हनन सम्वन्धी घटनालाई न्युनिकरण गर्ने अभिप्रायले गोष्ठी भए हो। पत्रकार पनि मानवअधिकारको अभिन्न अंग भएको कारणले गर्दा पत्रकारले मानवअधिकारको क्षेत्रमा पनि जिम्मेवार भएर लागेको खण्डमा समुदायमा मानवअधिकार उल्लंघनका घटनामा कमि ल्याउन सकिने पत्रकारहरुको भनाई थियो।
विहीबारदेखि सञ्चालन भएको गोष्ठीमा मानवअधिकारकर्मी तथा पत्रकार भानुभक्त आचार्य र राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका अर्जुनप्रसाद कोइरालाले सहजीकरण गरेका थिए। मानवअधिकार पत्रकार संघ नेपालको आयोजनामा भएको गोष्ठीमा धनकुटाका ३१ जना क्रियाशील पत्रकारहरुको उपस्थीति रहेको छ। मानवअधिकार पत्रकार संघका महासचिव गणेशप्रसाद घिमिरेको अध्यक्षतामा उद्घाटन भएको गोष्ठी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस