सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, १२ असार। विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र संचालनमा रहेको दिल्ली पब्लीक उच्च माविमा कार्यरत शिक्षक कर्मचारीहरु विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्दै आन्दोलित भएका छन्।
विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरको तालाबन्दीसगै पठनपाठन ठप्प पार्दै आन्दोलित भएपछि विद्यालयमा अध्ययनतर ९ सय ५० विद्यार्थिहरुको पढाइ समेत अनिश्चित बनेको छ। उनिहरुले प्रिन्सिपल अनुपल सागरको राजिनामा नभएसम्म काममा नफर्कने चेतावनी समेत दिएका छन्।
विद्यालय परिसरमा धर्नामा वसेको शिक्षक तथा कर्मचारीहरु। फोटोः सन्तोष काफ्ले /एचकेनेपाल डट कम
नेपालभारत साझेदारीमा विपि प्रतिष्ठान संचालनमा आएपश्चात भारत सरकारको एकल स्वामित्वमा रहने गरी प्रतिष्ठानमा कार्यरत भारतीय चिकित्सक तथा कर्मचारीहरुका छोरा छोरीको लागि भारत सरकारले स्थापना गरेको विद्यालयका प्रिन्सिपल अनुपल सागरले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुमाथि असमान व्यवहार, दुरव्यवहार तथा आर्थिक शोषण गरेको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरु तालावन्दीसंगै काम छोडेर विद्यालयमा धर्ना समेत बसेका छन्।
प्रिन्सिपलले नातावाद क्रिपावादलाई बढावा दिदै मन नपर्ने शिक्षकलाई मानसिक तनाव दिनेगरेको उनीहरुको आरोप छ। उनीहरुले प्रिन्सिपल सागरले आफ्ना नजिकका शिक्षक तथा कर्मचारीहरुलाई जस्तोसुकै गल्ति गरेपनि केही नगर्ने तर अन्यले सानो गल्ति गरेपनि आर्मी शासन लगाउने नियतले आफूहरु हैरान भएको बताउदै उहाको नियत नसुध्रे अझ कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्।
विद्यालयले आफूहरुलाई आर्थिक शोषण गरि आम्दानी भारत भित्राइएको तथा आफूहरुलाई दुरव्यवहार गरेको कारण आफूहरु बाध्य भएर आन्दोलित भएको १५ बर्षदेखि विद्यालयमा कार्यरत रहेका शिक्षक मणिकुशमार राईको भनाइ छ।
प्रिन्सिपल सागरले आफूमाथि आर्थिक शोषण गरेको, खाइपाइ आएको सेवा सुविधा कटौती गरेर अपमानजनक व्यवहार गर्न थालेपछि आफूहरु न्यायको लागि आन्दोलित भएको उनीहरुको भनाई छ। यस विषयमा बुझ्न खोज्दा प्रिन्सिपल सागर भने केही वोल्न मानेनन्। सो विद्यालयमा १९ नेपाली शिक्षक, १३ भारतीय शिक्षक, ७ यातायात कर्मचारी, १२ जना सरसफाइ कर्मचारी कार्यरत छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस