सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १२ असार। पूर्व लागुऔषध सेवनकर्ताहरुले धरानलाई लागू औषध दुव्र्यसनी मुक्त शहर बनाउने घोषणा गरेका छन्। धरानमा पछिल्लो समयमा युवाहरु दिनप्रतिदिन लागू औषधको कुलतमा फसेको भन्दै पूर्व लागू औषध दुव्र्यसनीको संस्था रिकभरिङ धरानले यस्तो घोषणा गरेको हो।
पूर्व दुव्यसनीहरुको साझा संस्थामार्फत उनीहरुले दिवसको अवसरमा अभियानलाई सहयोग पुर्याउन सचेतनामूलक र्यालीसंगै भानुचौकमा मैनबत्ति प्रज्वालनसगै अनाथ तथा असहायहरुलाई खाद्यन्न सहयोग समेत गरे भने मैत्रीपूर्ण फुटबलको समेत आयोजना गरे।
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर उनीहरुले बुधबार धरानमा एक कार्यक्रमको आयोजना गरेर धरानलाई लागु औषध दुव्र्यसन मुक्त शहर बनाउने घोषणा गरेका हुन्। लागू औषध प्रयोगकर्तामा युवायुवतीको संख्यामा वृद्धि भएको भन्दै प्रशासन, पुनस्र्थापना केन्द्र र +२ का विद्यार्थीहरुसंग सहकार्य गरेर यो अभियानलाई निरन्तता दिने र धरानलाई दुव्र्यसनीमुक्त शहर घोषणा गर्ने तयारीमा जुटेको उनीहरुको भनाई छ।
लागू औषध प्रयोग गर्दा विगतमा आफूहरुले भोगेका विषयमा युवायुवतीलाई जानकारी दिदै यसबाट पुग्ने बेफाइदाका विषयमा प्रत्येक विद्यालय, उच्च मावि.का विद्यार्थीहरुलाई जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै जाने समेत जानकारी दिएका छन्।
लाहुरेको शहर भनेर चिनिएको धरानलाई लागू औषध डिलरहरुले धरानलाई ट्राजिष्ट पोइन्ट बनाउन सजिलो भएकोले पनि धरान दिनप्रतिदिन लागू औषधको अखडा बन्दै गएको प्रति उनीहरुले चिन्ता व्यक्त गर्दै आफूहरुले पूर्व लागू औषध प्रयोगकर्ताको संस्था रिकभरिङको गठन गरेयता धरानमा लागू औषध प्रयोगकर्ताको संख्यामा कमी आएको उनीहरुको भनाई छ।
रिकभरिङ धरानका अध्यक्ष सन्तोष राईले प्रहरी प्रशासनले लागू औषध ऐन अन्तर्गत कारबाही गरेर मात्र प्रयोगकर्ताको संख्यामा कमी नआउने बताउदै विगतदेखि नै आफूहले जनचेतना जगाउने, दुव्यर्सनीमा फसेका युवायुवतीको उपचार कसरी गर्ने भन्ने विषयमा विभिन्न समुदायसंग छलफल सुरु गरेको जानकारी दिए। उनले एक पटक फसेका युवायुवतीलाई समाजले हेर्ने आँखामा कुनै परिवर्तन नभएकै कारण पुनः फस्ने डर त्यतिकै भएको ले समाज र प्रशासनसंग सहकार्य गरेर सामाजिक परिवर्तनमा समेत परिवर्तन ल्याउने संस्थाको सोच रहेको जानकारी दिए।
कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी यादवराज खरेलले विगतको तुलनामा धरानका युवायुवती, प्रहरी प्रशासन लगायत सम्बन्धित निकायले सक्रियतापूर्वक धरानलाई दुव्र्यसनीमुक्त शहर बनाउन लागि परेका कारण सुनसरीमा विशेष गरी धरानमा लागू औषध प्रयोगकर्ताको संख्यामा कमी आएको दाबी गरेका छन्। उनले गत बर्ष कोशी अञ्चलभरि नै लागू औषध प्रयोगकर्ताको संख्या १ सय ७७ रहेकोमा यस बर्ष भने ९९ सय जनामात्र रहेबाट धराने युवाहरुले देखाएको जागरको आंकलन गर्न सकिने जानकारी दिए। उनले विशेष गरी पूर्वमा झापाको कांकडभिटटा सीमान रहेको भारतको शिलगढी र मोरङको विराटनगरको नाकामा रहेको जोगबनीबाट धेरै लागू औषध भित्रिने गरेकोले यस क्षेत्रमा भारतीय प्रहरीसंग समन्वय गरेर भित्रिन नदिन कडा चेकजाच गर्दै आएको बताए।
धरानका पुनस्र्थापना केन्द्रले पनि युवाको सक्रियताको कदर गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । धरानमा रहेका तीन वटा पुनस्र्थापना केन्द्रमध्ये किरात याक्थुङ चुम्लुङको पुनस्र्थापना केन्द्रले समेत १८ बर्षको दौरानमा २ हजार भन्दा बढी युवायुवतीको उपचार गरी उद्धार गरिसकेको बताउदै यस कार्यमा आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संस्थाका कार्यक्रम संयोजक विजय लिम्बुले आफ्नै लगानीमा हालसम्म २ हजारभन्दा बढी लागू औषधमा फसेका युवालाई उपचार पछि पुनस्र्थापन गर्ने काम गरिसकेको बताए। धरानलाई दुव्र्यसनीमुक्त शहर बनाउन पुनर्जीवन केन्द्रहरुको समेत उद्धेश्य रहेको भन्दै अब सबै पक्ष मिलेर अगाडि जानुपर्ने र सुध्रिसकेकाहरुलाई रोजगारमूलक कार्यक्रमको तालिम दिई समाजमा प्रतिस्थापन गराउने कार्यलाई तीब्रता दिनुपर्ने उनको भनाई छ । उपचार पछि रिकभर भएका पुर्व दुव्र्यसनी हरु लाई समाजमा पुनस्थापना गर्न समेत समस्या रहेको उनले वताए । साथै उनले पुर्व दुव्र्यसनी हरु ले सुरु गरेको अभियान सकारत्मक रहेको ले आफुहरु पनि अनिहरु लाई साथ दिन प्रतिबद्धता जनाए।
अभियान अन्तर्गत आगामी दिनमा लागु औषध सेवनकर्ताहरुको उपचारमा सहयोगसंगै सामाजिक कार्य गर्दै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष राईले जानकारी दिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस