एचकेनेपाल डट कम संवाददाता-
पल्सर स्पोर्ट्स अवार्ड २०६९ का लागि मनोनयनमा परेका चर्चित खेलाडीहरुको नाम सार्वजनिक भएको छ। को केमा परे प्रेस विज्ञप्तिसहित जस्ताको तस्तैः

वर्षको उत्कृष्ट खेलाडी (पुरुष)
पारस खड्का क्रिकेट,
बसन्त रेग्मी क्रिकेट,
तिलकराम थारु एथ्लेटिक्स,
भरत खवास फुटबल,
सुनिल लामा कराते

वर्षको उत्कृष्ट खेलाडी (महिला)
गंगादेवी अधिकारी कराते,
अनु लामा फुटबल,
झरना गुरुङ उसु,
जमुना गुरुङ फुटबल,
श्रेया धिताल पौडी

वर्षको उत्कृष्ट खेलाडी (युवा)
शिरिष गुरुङ, पौडी
चाहना बम्जन लामा उसु
आकास बिष्ट, क्रिकेट
निरु थापा फुटबल,
रत्नजीत तामाङ ब्याडमिन्टन

वर्षको उत्कृष्ट प्रशिक्षक
पुबुदु दासानायके क्रिकेट,
युवराज गुरुङ उसु,
अकवर शाह कराते,
वाङ्देन लामा पौडी,
नरबहादुर शाही एथलेटिक्स ।

पुरुष

पारस खड्का, क्रिकेट

राष्ट्रिय क्रिकेट टोलीका कप्तान । नेपाललाई डिभिजन फोर र एसिसि ट्रफिको उपाधि दिलाएका कप्तान । एसिसिसि ट्वान्टी ट्वान्टी कपमा नेपाल उपविजेता हु“दा सफल कप्तानी । एसिसि ट्रफिमा २ सय ९१ रन र ९ विकेट । म्यान अफ द सिरिज । एसिसि ट्वान्टी ट्वान्टीमा २ सय ७ रन र ४ विकेट । म्यान अफ द सिरिज । आईसिसि वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा ८९ रन र ९ विकेट । नेपाल एपिएफ क्लबले एकदिवसिय र ट्वान्टी ट्वान्टी जित्दा कप्तान । घरेलु एकदिवसियको फाइनलमा भैरहवा विरुद्ध अविजित ८६ रन । घरेलु ट्वान्टी ट्वान्टीको फाइनलमा बैतडीबिरुद्ध २६ बलमै अद्र्धशतक पुरा।

बसन्त रेग्मी, क्रिकेट

नेपालले वल्र्ड क्रिकेट लिग डिभिजन फोरको उपाधि जित्दा म्यान अफ द सिरिज । डिभिजन फोरमा २१ विकेट लिदै राष्ट्रिय टोलीबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बन्न सफल । एसिसि ट्रफि एलिटमा १० विकेट । एसिसि ट्वान्टी ट्वान्टीमा पनि १० विकेट । राष्ट्रिय क्रिकेट टोलीकै इतिहासमा एकै बर्ष सर्वाधिक ४१ विकेट लिने बलर।

तिलकराम थारु, एथ्लेटिक्स

लन्डन ओलम्पिकमा ब्यक्तिगत प्रदर्शनमा सुधार । घरेलु प्रतियोगीतामा अपराजित, ब्यक्तिगत ६ स्वर्ण । दोस्रो गोल्डेन स्प्रिन्ट मिटमा २ सय मिटर दौडमा नया राष्ट्रिय किर्तीमान

भरत खवास, फुटबल

एएफसी च्यालेञ्जकप छनोटमा नर्दन मारियाना आइल्यान्डविरुद्धको खेलमा ह्याट्रिक । अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने चौथो नेपाली। एएफसी यू–२२ एसियाकप छनोटमा नेपाली टिलोको नेतृत्व। आर्मीका लागि घरेलु लिगमा एक दर्जन गोल। सहिद स्मारक लिग ‘ए’ डिभिजनमा उत्कृष्ट फरवार्ड।

सुनिल लामा, कराते

बर्ष २०६९ मा दुई अन्तराष्ट्रिय स्वर्ण जित्न सफल। १३ औ एसिया प्यासेफिक सितोरियो च्याम्पेन्सीपमा स्वर्ण। बंगलादेशमा सम्पन्न आमन्त्रण प्रतियोगीतमा पनि स्वर्ण।

महिला

गंगादेवी अधिकारी, कराते

२०६९ तीन अन्तर्राष्ट्रिय स्वर्ण । हङकङमा सम्पन्न तेह्रौ एशिया प्यासिफीक सितोरियो च्याम्पियनसिपमा स्वर्ण। सिंगापुर ओपन र बंगलादेशमा सम्पन्न दोश्रो फुजिलतुम्ने मुजिब प्रतियोगिता दुवैमा स्वर्ण। उन्चालीसौं राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडि।

अनु लामा, फुटबल

२०६९ मा अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक नौ गोल। कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा ४ गोल। जमुना गुरुङको नाममा रहेको २५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान पनि बराबरी। कोलम्बोमा भएको दोस्रो साफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा कुल ५ गोल, थप ५ गोलमा असिस्ट। दुई घरेलु प्रतियोगीतामा २५ गोल। राष्ट्रिय महिला फुटबल प्रतियोगितामा १२ गोल र प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी। महिलाको प्रथम राष्ट्रिय लिगमा सर्बाधिक १३ गोल, उत्कृष्ट फरवार्ड

झरना गुरुङ, उसु

१८ वर्ष अघि थाउलो विधाकी कमला लोप्चनले दक्षिण कोरियाको सिओलमा सम्पन्न एशियाली स्तरको प्रतियोगीतामा काश्य पदक जिते यता एशियाली स्तरमा पदक जित्ने उसु खेलाडी। भियतनाममा सम्पन्न आठौं एशियाली उसु च्याम्पियनसिपमा महिला सान्सौ तर्फ ५६ केजी तौल समुहमा काश्य पदक। सहभागी खेलाडीहरुको -याङ्गकिङ्गका आधारमा टाइसिट ड्र गर्दा बाई पाएर सेमीफाइनलमा पुगेकी। भर्खरै कास्की जिल्ला वर्ष खेलाडी घोषित।

जमुना गुरुङ, फुटबल

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान। नेपाल दोस्रो साफ वुमेन्स च्याम्पियनसिपको उपविजेता बन्दा पाच खेलमा दुई ह्याट्रिकसहित ८ गोल, प्रतियोतिामा हाईएस्ट स्कोररको पुरस्कार । कीर्तिमानी अन्तर्राष्ट्रिय गोल संख्या २५। सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी कप्तान । दुई ह्याट्रिकसहित १० गोल गरेपछि एपीएफ राष्ट्रिय महिला फुटबल च्याम्पियन। सिक्किममा एक मैत्रीपूर्ण खेलमा लागेको चोटको उपचारका लागि हाल विश्राममा।

श्रेया धिताल, पौडी

नेपालकी नम्बर एक महिला स्विमर। वर्ष २०६९ मा तीन अन्तर्राष्ट्रिय र दुई राष्ट्रिय प्रतियोगितामा सहभागि, १३ घरेलु स्वर्ण। दोस्रो एनएसए कपमा ५० मिटर बटरप्mलाईमा आप्mनै कीतिमान तोड्न सफल । विश्व खेलकुदको महाकुम्भ लन्डन ओलम्पिकमा सहभागी। लण्डनमा आप्mनै राष्ट्रिय कीर्तिमान तोड्न सफल, लण्डन ओलम्पिकमा नेपाली तर्फ उत्कृष्ट प्रदर्शन।

युवा

शिरिष गुरुङ (पौडी)

२०६९ सालमा ६ राष्ट्रिय कीर्तिमानसहित ३२ स्वर्ण जित्न सफल। १७ औं राष्ट्रिय पौडीमा दस स्वर्ण, एक रजत एक काश्य। दोस्रो एनएसए कपमा ५ कीर्तिमानसहति १३ स्वर्ण। प्रमोद मेमोरियलमा नौ स्वर्ण। १५०० मिटर फ्रिस्टाइलमा २८ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग।

चाहना बम्जन लामा, उसु

मकाउमा सम्पन्न चौथो वल्र्ड जुनियर उसु च्याम्पियनसिपमा काश्य पदक। सान्सौ विधाको महिला ६० केजीमा प्रतिस्पर्धा गर्दा अमेरिकी खेलाडीलाई २–१ ले पराजीत गर्न सफल। चोटका कारण सेमीफाइनलमा पराजीत हुन बाध्य।

आकास बिष्ट –(क्रिकेट)

एसीसी अन्डर १६ मा नेपाल उप बिजेता बन्दा सबै भन्दा उत्कृष्ट प्रर्दशन । ६ खेल खेल्दा १०९ रन बनाउन र १७ विकेट लिन सफल । अन्तराष्ट्रिय डेब्यु प्रतियोगितामा प्यलेयर अफ द सिरिज बन्न समेत सफल

निरु थापा, फुटबल

नेपाली महिला फुटबलकी भर्सटाइल प्लेयर। राष्ट्रिय टिमको मिडफिल्डमा पहिलोपल्ट जिम्मेवारी पाउदा दोश्रो साफ वुमेन्स च्याम्पियनसिपमा दुई गोल र केहि गोलका अवसर सिर्जना। घरेलु फुटबलमा दुई ह्याट्रिकसहित १५ गोल गरिन्। उनको ७ गोल सहयोगमा पुलिस एनसेल कपको उपविजेता। पुलिसलाई प्रथम महिला राष्ट्रिय लिग च्याम्पियन बनाउन ८ गोल, फाइनलमा निर्णायक ‘पेनाल्टी ओन’ गर्न सफल।

रत्नजीत तामाङ, ब्याडमिन्टन

२०६९ मा आयोजित ३ ठूला घरेलु प्रतियोगितामा मेन्स सिंगल्सको उपाधि जित्न सफल । मेन्स डबल्समा २ र मिक्स डबल्समा १ उपाधि हात पार्न सफल।

प्रशिक्षक

पुबुदु दासानायके, क्रिकेट

दासानायकेको मातहतमा बर्ष २०६९ नेपाली क्रिकेट इतिहासकै सबैभन्दा सफल। उनको प्रशिक्षणमा नेपाल हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगितामा उपाधिबिहिन बन्नु नपरेको। नेपाल डिभिजन फो र एसिसि ट्रफि एलिटको उपाधि जित्न सफल। उनकै प्रशिक्षणमा नेपाल पहिलो पटक एसिसि ट्वान्टी ट्वान्टीको फाइनलमा पुग्न सफल। उनकै अग्रसरतामा नेपाल क्रिकेट संघ अन्तर्गत न्याशनल क्रिकेट एकेडेमी स्थापित।

युवराज गुरुङ, उसु

चाहना बमजन लामाले वल्र्ड जुनियर उसु च्याम्पियनसिपमा काश्य पदक जित्दाका प्रशिक्षक। जुनियर च्याम्पियनसिपमा चाहनासगै प्रतिस्पर्धा गरेका रेञ्जी शेर्पा र बिशाल मगरले पनि राम्रो प्रदर्शन गर्न सफल। खेलाडी जीवन त्यागी नसकेका युवा प्रशिक्षक।

अकवर शाह, कराते

१३ बर्ष अगाडि आठौ दक्षिण एसियाली खेलकुदमा नेपाली करातेले १६ मध्ये १४ स्वर्ण जित्दा प्रशिक्षक। यो सफलता पछि राष्ट्रिय टोलीको नेतृत्व गर्न १३ वर्ष कुर्नु परेको यथार्थ। नेपाली कराते टोलीलाई १३औ एसिया प्यासेफिक सितोरियो च्याम्पियनसिपमा नेतृत्व। १८ बर्ष पछि एसियाली स्तरमा २ नेपाली खेलाडी गंगा अधिकारी र सुनिल लामाले शाहकै प्रशिक्षणमा स्वर्ण जित्न सफल। शाहको प्रक्षिणमा १३औ एसिया प्यासेफिक सितोरियो च्याम्चियनसिपमा अन्य ४ खेलाडीले रजत र ७ ले काश्य जित्न सफल।

वाङ्देन लामा (पौडी)

नम्बर १ स्विमरहरु शिरिष गुरुङ र श्रेया धितालका प्रशिक्षक। उनकै प्रशिक्षणमा शिरिष २०६९मा ६ राष्ट्रिय कीर्तिमानसहित ३२ स्वर्ण जित्न सफल। श्रेया धितालले २ राष्ट्रिय किर्तीमान सहित १३ स्वर्ण जित्नुमा लामाको योगदान। लण्डन ओलम्पिकमा श्रेयाको किर्तिमान, जहा श्रेया राष्ट्रिय किर्तीमान बनाउन सफल।

नरबहादुर शाही, एथलेटिक्स

बर्ष २०६९ मा नेपाल पुलिसकी केसरी चौधरीले ३ र तिलकराम थारुले एक राष्ट्रिय कीर्तिमान बनाउदा प्रशिक्षक । उनकै नेतृत्वमा पुलिस क्लब ३८ औं राष्ट्रिय एथलेटिक्समा ९ स्वर्ण, ३ रजत र ४ कांस्य जित्न सफल। गोल्डेन स्प्रिन्ट मिटमा पुलिसले सर्बाधिक ४ स्वर्णमा कब्जा गर्दा प्रशिक्षक । खुला एथलेटिक्स च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत तथा खुला राष्ट्रिय छनोटमा ७ स्वर्ण र ५ रजत पदक हात पार्दा पुलिस क्लबका प्रशिक्षक।

प्रेस विज्ञप्ति
खेलकुद पत्रकार साथीहरु

पल्सर स्पोर्ट्स अवार्ड २०६९ का लागि खेलाडी मनोनयन सार्वजनिक कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकार साथीहरुमा खेलाडी छनौट समितिको तर्फबाट हार्दिक स्वागत गर्दछौं।

राष्ट्रको झण्डा बोकेर आफ्नो पसिना बगाउने खेलाडीहरुलाई सम्मान गर्ने यो अवार्ड कार्यक्रम यो वर्ष असार १८ अर्थात जुलाई २ का दिन नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुनेछ। स्मरण रहोस्, जुलाई २ विश्व खेलकुद पत्रकार दिवस हो।

खेल पत्रकार साथीहरु,

यो वर्ष आयोजना हुने स्पोर्ट्स अवार्डमा समावेश हुने आठ विधा मध्ये वर्षको चर्चित खेलाडी विधाको मनोनयन हामीले सार्वजनिक गरिसकेका छौं भने वर्षको उत्कृट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन आज सार्वजनिक गरिनेछ । स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट पारा एथलिटको घोषणा कार्यक्रमका दिन अर्थात असार १८ गते नै हुनेछ।

पत्रकार साथीहरु

मञ्चको कार्यसमितिले सचिव प्रकाश तिमल्सिनाको संयोजकत्वमा हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, नवीन खतिवडा, सरिता श्रेष्ठ, राजु घिसिङ्ग र आदर्श ढकाल सदस्य रहेको खेलाडी छनौट समिति गठन गरेको थियो। यो छनौट समितिले अवार्डका लागि खेलाडी मनोनयन गर्दा खेलाडीको प्रदर्शन, खेलाडीको प्रदर्शनका आधारमा प्राप्त भएका सफलता र उपलब्धि अनि प्रतिस्पर्धा गरेको प्रतियोगीताको स्तरलाई छनौटको प्रमुख आधार बनाएको छ। यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर सफलता र उपलब्धिलाई पनि हामीले मुल्यांकन गरेका छौं। वर्षको चर्चित खेलाडी विधामा भने खेलाडी र उनीहरुको सफलताले समाजमा उत्पन्न गरेको प्रभावलाई पनि ध्यानमा राखिएको यहा“हरुमा सर्वविदितै छ।

यीनै आधारमा हामीले पल्सर स्पोर्ट्स अवार्डका लागि निम्न उल्लेखित खेलाडीहरुलाई मनोनयन गरेका छौं।

हामीले यसअघि नै पपुलर प्लेयर अफ द इयरको मनोनयन सार्वजनिक गरिसकेका छौं। जसमा पारस खड्का क्रिकेट, शिरिष गुरुङ पौडी, केशरी चौधरी एथ्लेटिक्स, झरना गुरुङ उसु र जगजीत श्रेष्ठ फुटबल मनोनयनमा परेको यहा“हरुमा सर्वविदितै छ। मनोनित खेलाडी र प्रशिक्षकको संक्षिप्त जानकारी यसै विज्ञप्ति साथ संलग्न गरिएको छ।

खेलकुद पत्रकार साथीहरु,

यो वर्ष पनि अवार्ड कार्यक्रमलाई हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि को अटोमोबाइल ब्राण्ड पल्सरले मुख्य प्रायोजन गरेको छ। यसैगरी, यो अवार्ड कार्यक्रमलाई आई.एस.एम.ई. प्रालि, सूर्य नेपाल प्रालि, एभिन्युज टेलिभिजन, टिएच्टी लाईभ ३१३१, जोन प्लेयर्स, डिस मिडिया नेटवर्क, होटल रोयल सिंगी, राष्ट्रिय खेलकुद परिषद, आरजे स्पोर्टस्, होटल क्राउन प्लाजा र मेट्रो क्लिनिकको विशेष साथ र सहयोग प्राप्त छ।

पल्सर स्पोर्ट्स अवार्ड तपाई हाम्रो साझा कार्यक्रम हो। नेपाली खेल पत्रकारहरुका तर्फबाट राष्ट्रको गौरव बढाउने खेलाडीलाई सम्मानित गर्ने यो अभियानमा मञ्चले विगतका वर्षमा झैं यो वर्ष पनि सबै साथीहरुको विशेष सहयोगको अपेक्षा गरेको छ। धन्यवाद।

नवीन खतिवडा
प्रवक्ता एवम् सदस्य, खेलाडी छनौट समिति



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस