बिल तमू / एचकेनेपाल डट कम-
दोहा, कतार । तमू समाज कतारको अर्धवार्षिक भेला गत शुक्रवार दिन विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ। समाजका अध्यक्ष बिमल तमूको सभापतित्वमा सम्पन्न उक्त भेलामा एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमू प्रमुख अतिथि थिए । महासचिव खेम तमूले सञ्चालन गरेको कार्यक्रममा निर्देशक सल्लाहकार बुधबल तमू विशेष अतिथिका रूपमा सहभागि थिए भने सल्लाहकारहरु बिलबहादुर तमू, जगन तमू, लक्ष्मीकुमार तमू र बुद्धिराज तमू लगायत शाखा समितिका प्रमूखहरु अतिथिको रूपमा उपस्थित थिए।

प्रमुख अतिथि अमृत तमूबाट द्विप प्रज्वलित गरि बिधिवत रूपमा उदघाटन गरिएको उक्त भेलालाई प्रथम उपाध्यक्ष कृष्ण तमूले मन्तव्य मार्फत सहभागि सबैलाई स्वागत गरेका थिए।

गत साढे पा“च महिनाको अवधिमा समाजले गरेको विभिन्न कार्यक्रमहरुको विस्तृत विवरण सहितको कार्यप्रगति प्रतिवेदन महासचिव खेम तमूले प्रस्तुत गरेका थिए भने यस अवधिमा लगभग ५५ हजार कतारी रियल बराबरको आर्थिक कारोवार भएको आर्थिक प्रतिवेदन कोषाध्यक्ष आ“शु तमूले प्रस्तुत गरेका थिए । दुबै प्रस्तावहरुमा व्यापक छलफल पछि सर्वसम्मतिले पारित गरिएको थियो।

भेलामा आन्तरिक सांगठानिक सुदृढिकरणको लागि प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिएको थियो । तमू समुदायको सांस्कृतिक पक्षमा सल्लाहकार जगन तमू र संस्थाको आन्तरिक व्यवस्थापनको लागि आवश्यक विधि विधान लगायत समाजका पदाधिकारी र सदस्यहरुको काम, कर्तव्य र अधिकार वारेमा सल्लाहकार बिलबहादुर तमूले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको रुपमा शाखा समितिका सचिवहरुलाई क्रमिक रूपमा कार्यक्रम सञ्चालन गर्न दिईएको थियो । यसरी प्रशिक्षणमा सहभागि सचिवहरुमा प्ये तां ल्हु तां समितिका सचिव कैलाश तमू, प्ये ता“ ल्हु ता“ समितिकै सहसचिव शान तमू, पुर्वाञ्चल सम्पर्क समितिका सचिव हरिकाजि तमू, पुर्वाञ्चल सम्पर्क समितिकै सहसंयोजक केशरसिंह तमू, महिला विभागकी सहसंयोजक कल्पना तमूस्यो, तमू सांस्कृतिक परिवारका सचिव हितमान घले तमू लगायत थिए।

तमू समाज कतार नेपाल र विदेश स्थित तमू संस्थाहरुमा एक उदाहरणीय रहेको सहभागिहरुले बताएका छन । यसले आफनो कार्यक्रमहरु सफलताका साथ सम्पन्न गर्दै गएको छ भने आफनो कार्य क्षेत्रलाई तमूहरुको स्वपहिचान सम्बन्धि विषयमा पनि विस्तार गर्नु पर्ने आवश्यकता औल्याईएको थियो । समाजले के दिन्छ भन्नु भन्दा समाजलाई के दिन सकिन्छ भन्ने वारेमा मनन गर्नु पर्छ किन भने व्यक्तिगत रूपमा देखिने गरि यसले फाईदा नदिएको हुन सक्छ तर अनुभुति गर्न सकिने धेरै चिज समाजले दिने गर्छ भन्दै समाजमा आबद्ध हुन आव्हान पनि गरिएको थियो । यसरी मन्तव्य व्यक्त गर्नेहरुमा तमू बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष बुद्ध तमू, महिला विभागकी संयोजक टौमाया“ तमूस्यो, प्ये तां ल्हु तां समितिका सल्लाहकार जित तमू, प्ये ता“ ल्हु ता“ समितिकै सचिव कैलाश तमू, पश्चिमाञ्चक सम्पर्क समितिका कोषाध्यक्ष रनबहादुर तमू, पूर्वाञ्चक सम्पर्क समितिका संयोजक भाईकाजि तमू र तमू सांस्कृतिक परिवारका उपाध्यक्ष तोरण तमू र अध्यक्ष आशबहादुर तमू आदि थिए।

तमू समाज कतारले एउटा छुटटै सहयोग कोषको व्यवस्था गर्न अध्यक्ष बिमल तमूले राखेको प्रस्तावलाई सर्वसम्मतले पारित गरेको छ । सामाजिक संस्था पनि भएकोले सहयोगको लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट विभिन्न खाले सहयोगको अनुरोध आउने गर्छ । ति सहयोगको अनुरोधहरुलाई लत्याउन सकिदैन त्यसैले व्यक्तिगत रुपमा सहयोगको याचना गर्नु पर्ने अवस्था रहेकोले यसको दिर्घकालिन समाधानको लागि छुट्टै कोषको व्यवस्था गरिएको बताईएको छ । प्रत्येक बैठक तथा जमघटमा सहभागि मध्येबाट सबैले स्वईच्छाले जति पनि रकम जम्मा गर्न सकिने तर न्यूनतम कतारी रियल १ अनिवार्य रुपमा कोषमा जम्मा गर्ने गरि कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाईने बताईएको छ । कोषमा रकम जम्मा गर्नको लागि सुरुवात आफैबाट गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अध्यक्ष बिमल तमू स्वयंले कतारी रियल १ सय १ राखेर रकम संकलनको घोषणा गरेका थिए।

समाजको आजिवन सदस्यता लिने मिनबहादुर तमू, खुशीमान तमू र आशलाल तमू लगायत तीनजनालाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ।

तमू सांस्कृतिक परिवारका कार्यसमिति सदस्य विल्शन तमू कतारको बसाईलाई छोट्याउदै छिट्टै स्वदेश फर्कन लागेकोले सोहि कार्यक्रममा विदाई गरियो । तमू सांस्कृतिक परिवारमा रहेर समुदायलाई पु¥याएको योगदानको कदर गर्दै कदरपत्र प्रदान गरि विल्शन तमूको आउने उज्वल भविश्यको शुभकामना समेत व्यक्त गरिएको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस