सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा, सहारा क्लब पोखराद्धारा पोखरा –१७ दोविल्लामा २६ रोपनीको जग्गा खरिद गरि सहारा एकेडेमी भवन निमार्ण गर्नुका साथै आवश्यक पूर्वधारहरु निमार्ण भई रहेको छ। एकेडमीको लागि नेपाल भरिबाट करिब ३० जना कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको छनौट गरि राख्ने कार्य भई रहेको छ।
यसै क्रममा हङकङबाट आएका ईथोनिक भ्वाईस हिमन राईटका अध्यक्ष चेतन गुरुङ्ग, लालिगुराँस एसोसियसन हङ्गकङ्गका संस्थापक अध्यक्ष विशाल गुरुङ्ग, हङ्गकङ्ग निवासी हिमाल राना, संगम क्लबका अध्यक्ष मणि गुरुङ्ग एवं सदस्यहरुले सहारा एकेडेमी दोविल्लाको अवलोकन गरेका छन्। विगतमा जे जति सहयोग भयो त्यसको सदुपयोग भएको र आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता दिने उनीहरुले बताए। ६ वर्ष अगाडी विशाल गुरुङ्गले सहारा एकेडेमी सञ्चालन गर्नको लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए। एकेडेमी निमार्णको लागि सहारा हङ्गकङ्गबाट १० लाख रुपैयाँ भन्दा बढिको सहयोग प्राप्त भई सकेको छ।
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस