सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी, ९ असार। सुनसरीमा रहेर विभिन्न टेलिभिजनका कार्यरत पत्रकारहरु संगठित भएका छन्। टेलिभिजनमा आवद्ध पत्रकारहरुको हकहितका लागि टेलिभिजन पत्रकार संघ सुनसरी नामक संस्थाको गठन गर्दै उनीहरु संगठित भएका हुन्।

इटहरीमा भेला भएका सुनसरीका सक्रिय टेलिभिजन पत्रकारहरुको भेलाले एभिन्युज टेलिभिजनका पूर्वाञ्चल युरो प्रमुख सचिन पोखरेलको अध्क्षतामा ११ सदस्य समिती गठन गरेका छन्। सुनसरी जिल्लामा रहेर विभिन्न टेलिभिजनमा आवद्ध दुई दर्जन वढी टेलिभिजन पत्रकारहरुको भेलाले गठन गरेको समितीको उपाध्यक्षमा सन्तोष यादव (नेपाल टेलिभिजन), सचिवमा सन्तोष काफ्ले (न्युज२४ टिभी), सहसचिवमा पवन अधिकारी (मकालु टिभी) ,कोषाध्यक्षमा उमेश सेन्चुरी (सगरमाथा टिभी) लाई सर्वसमत चयान गरेको छ भने सदस्यहरुमा गोविन्द वस्नेत (हिमशिखर टिभी) , हेमराज दहाल (माउण्टेन टिभी), विवेक भट्टराई (हिमशिखर टिभी) , मिलन बुढाथोकी (एरिना टिभी), मनोज भुजेल (न्युज२४ टिभी) र नविन पाण्डे (एरिना टिभी)लाई चयन गरेको छ।

नव गठित टेलिभिजन पत्रकार संघ सुनसरीका अध्यक्ष सचिन पोखरेलले टेलिभिजनमा आवद्ध पत्रकारहरुको हकहितको संरक्षण र क्षमता विकासका काम गर्ने वताए। सुनसरीलाई कार्यक्षेत्र वनाएर दुई दर्जन वढी टेलिभिजन पत्रकारहरु सक्रिय रहेका छन्। भेलाले अग्रज पत्रकार याम प्रधान (टि टिभी), नेपाल पत्रकार महहासंघ सुनसरी अध्यक्ष केशव घिमिरे र आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष भैरव आङ्ला (एबीसी टिभी) लाई सल्लाहकारमा चयन गरेको छ भने उग्रज पत्रकार प्रधानको संयोजकत्वमा कृष्ण भट्टराई (एभिन्युज टिभी) र हिमाल दाहाल (हिमालय टिभी) रहने गरि तीन सदस्य विधान मस्योैदा समिति समेत गठन गरेको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस