एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ९ असार। प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाको संरक्षणमा सिण्डिकेट सञ्चालन गरिरहेका पोखरा बस ब्यवसायी संघले अर्कै संघ खोलेर सञ्चालन गरिएका ५८ वटा सवारी साधन सञ्चालनमा बलजफ्ती अवरोध गरेका छन्।
आफूहरुको सवारी साधन सञ्चालन गर्न रुट नदिए पछि स्थानीय ब्यवसायीहरु मिलेर विन्दवासीनी बस यातायाता ब्यवसायी समिति गठन गरी ५८ वटा यूरो ३ मापदण्डका बातानुकुलित सवारी साधन सञ्चालनमा ल्याएका थिए।
लामो समयदेखि लगानी गरेर सवारी साधन ल्याए पनि पोखरा बस ब्यवसायी समितिका गुण्डाहरुले सञ्चालन गर्न नदिए पनि आइतवार उनीहरुले पोखराभित्र सवारी साधन सञ्चालन गरेका थिए। तर प्रमुख जिल्ला अधिकारी कोइरालाले शान्ति सुरक्षा दिनुको साटो उल्टै सिण्डिकेट गर्नेहरुलाई संरक्षण गरेपछि आफूहरुको बस रोकिएको स्थानीय यूवराज खतिवडाले आरोप लगाए। सो विषयलाई लिएर अहिले पोखरको सडक तनावग्रस्त बनेको छ। पीडितहरुले पटक पटक प्रशासनलाई शान्ति सुरक्षाको लागि गुहारेपनि प्रशासनले उल्टै लखेट्ने काम गरिरहेको खतिवडाको गुनासो छ।
सर्वोच्च अदालतको आदेशमा सरकारले सबै प्रकारको सिण्डिकेट मुलुक भरीबाट राखेर गर्ने निर्णय भए पनि सरकारकै निकाय जिल्ला प्रशासन कार्यालयका प्रमुखको संरक्षणका अबैद्य सिण्डिकेट कायम राख्न खोज्नु दुखद भएको उनले बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस