मैले इपरमा जितेको युद्ध – महेश थापा
सन् २००३ को फेव्रुवरीमा वेल्जियमको इपर आउनु भन्दा अगाड मलाई इपरको इतिहासको वारेमा थाहा थिएन। त्यसवेला वेल्जियममा तेती धेरै नेपाली थिएनन्। फिनिस मूलकी योहानाले मलाई सवै भन्दा पहिले इपर पुयाएकी थिइन्। बाटोमा उनि भन्दै थिइन् त्यो सहरमा कतै तिम्रो पुर्खाको इतिहास पनि हुन सक्छ। मैले उनको भनाइ वुझिन । किन त्यसो भन्दै छौ मैले सोधेपछि उनले भनिन् इपर प्रथम विश्व युद्धको प्रभावमा रहेको सहर हो । त्यहा लाखौले ज्यान गुमाएको छ । विश्ववाट मानिसहरु त्यहा आएका छन् युद्ध लडनको लागि। संसार ध्वस्त पार्ने हिटलर पनि आएका थिए सैनिकको रुपमा युद्ध लड्न। कतै तिम्रा गोर्खाली दाजुभाइ पनि आएका होलान्। उनको भनाइमा वुझ्न सकिन्थ्यो गोर्खालीको वारेमा उनले केही जानेकी छिन्।
इपर पुगेपछि मलाई रोजले भनिन् स्वागत छ विरालोको शहरमा । योहानाको कुरा र रोजको कुराले म अलमल्ल परेको थिए । यी दुइ अर्थ मैले वुझन सकिरहेको थिइन । तर इपरको दश वर्षो वसाइमा अझै मैले उनिहरुको कुराको भावार्थ वुभने कोसिस गर्दै छु।
इपरमा रहेको मेनन गेटमा नाम पढदै जादा गोर्खा राइफल पहिलो वटालियनमा मेरो आखा परेपछि शरिरमा एक प्रकारको कम्पन भयो । मलाई लाग्यो यो शहरसंग मेरो पुरानो नाता सम्वन्ध छ । मेरो श्रीमती भन्दै थिइन हामी कुनै वेला सैनिकको रुपमा आएका थियौ होला । आज पुन आएका छौ । यही कारण पनि इपर छोडन सकिएन हाम्रो इपर।
शुरुको दिनमा म नौलो थिए। प्रथम विश्व युद्धसंग सम्वन्धीत धेरै विषयमा जानकारी लिने मेरो लक्ष्य भएको थियो । इपर सम्वन्धमा लाइव्रेरी छ नि त्यहाको नगरपालिकामा काम गर्ने किस्टिनले भनिन्। उनले मलाई डोमेनिकको नाम वताएपछि म डोमेनिकलाई भेटन पुगे। मलाई लागेको थियो गोर्खालीको वारेमा मलाई जानकारी होला। तर डोकेनिकलाई भेटेपछि मलाई लाग्यो यस विषयमा म भर्खर नर्सरीमा रहेछु । पुरै इतिहासको ज्ञान छ उसलाई । उसले मलाई धेरै विषयमा जानकारी दियो । त्यस वेला मलाई लाग्यो हामी यस विषयमा निकै कमजोर छौ।
सन २००४मा इपरको वसाइको क्रममा एक दिन नरेन्द्र थापा र रमिता थापा आए । इपर घुमेपछि उनिहरुले भने यो शहरको वारेमा केही गर्नु पर्छ । मलाई पनि लाग्यो हो केही गर्नै पर्छ । कम्तीमा पनि नेपालीलाई जानकारी दिने कार्य गर्नु पर्छ । भर्खरै सिकदै गरेको वेव डिजाइनिङ्ग मा राम्रो दखल थिएन । पत्रकारिताको सुरुवात पनि थियो । जानी नजानी इपरको नाममा एउटा वेव साइट खोलियो गोर्खा राइफल इन इपर वाइ महेश थापा । साइट खुलेको केही महिनापछि संसारका केही इतिहाकारले यसको प्रसंसा गरे । स्वयम मलाई लागेको थिएन यो साइटले त्यति धेरै जानकारी दिन सक्छ । एक दिन मेरो घरको घन्टी वज्यो । ढोका खोले । तिमी महेश हौ एक पुरुष र महिला थिए । मैले हो भने । कुरा सन २००५ को हो । उनले भने म रेने यो मेरो श्रीमति म भित्र आउन सक्छु मैले भने आउनुस । उनि भर्खरै पेन्सनमा गएका रहेछन्। अनि सिक्दै रहेछन फिक्सर कथा लेख्ने कला। उनले भने मैले तिम्रो वेव साइट हेरे यस वारेमा जानकारी चाहियो । म कथा लेख्दै छु। मैले भने हुन्छ मैले जानेको सहयोग गरौला।
एक दिन मैले एउटा पत्र पाए । पत्र रेनेले लेखेका थिए । उनले भन्दै थिए महेश तिमीलाई धन्यवाद तिम्रो सहयोगमा मेरो कथा र्सवकृष्ठ भयो । उनले गोर्खालीको इपर वारेमा डच भाषामा सानो कथा लेखेका रहेछन्। जुन स्थानीय स्तरमा राम्रो मानिएको रहेछ।
एक दिन डोमेनिकले मलाई वोलायो महेश तिमीसंग काम छ एक छिन समय दिन सक्छौ । उनले एउटा सिडी दिदै भने यो कपिराइट छ तर यसमा केही भाषा छन् सम्भवत नेपाली पनि हुनु पर्छ मलाई रुपान्तर गरिदिन्छौ । मैले सुने एक छिन फेरी मेरो मनमा चिसो पस्यो । प्रथम विश्व युद्धमा जर्मनले वन्धक वनाइएका केही भारतीय सैनिकको वोली थियो त्यो सिडीमा । त्यतिकैमा एउटा सैनिकले नेपाली गीत गाएका थिए । त्यो रेकर्ड सुनेपछि आंखा रसायो । आफूलाई सम्झे कतै ती सैनिक म आफै त थिइंन।
नमस्ते युरोप शुरु गरियो सन २००६ मा राजेन्द्र भटट नेपाली टिभीमा कार्यक्रम चलाउथे र म वेव तर्फ। एक दिन उनले भने महेश हामीले इपरवारेमा पनि प्रचार गर्नु आवश्यक छ । एउटा कार्यक्रम वनाइयो । युकेमा इपरको वारेमा केही चर्चा परिचर्चा भयो। वेल्जियममा पनि विस्तारै मानिसहरुले इपर वारेमा वहस शुरु गर्न थाले।
इपरमा चर्चित हास्य कलाकार जितु नेपाल आए । युरोपमा छायान्कन भएको चलचित्र सपनाको नौलो संसारका निर्देशक राजु शाहसंग इपरको धेरै फुटेज छ। कुनै दिन उनले यसवारेमा एउटा डकुमेन्टी वनाउलान्।
हुनत मलाई जानकारी थियो । म इपर पुग्नु भन्दा पहिले इपरमा नेपाली गै सकेका थिए। यसको प्रमाण हो सेन्त्रुदिन निवासी राजेन्द्र रसाइलीवाट इपरमा पुगेको नेपालीको फोटो सापट मागेर वेभमा हालेको थिए।
नेपालको तत्कालिन उपप्रधानमन्त्री सुजाता कोइराला वेल्जियम आउदै थिए । वर्ुर्गे निवासी राधाकृष्ण अधिकारी र पर्ुण्ा तिमिल्सिनाले भने सुजातालाई इपरको वारेमा जानकारी दिनु पर्छ । उनिहरुको तथा वेष्ट भ्लान्डरणको नेपालीहरुको सहयोगमा कोइरालालाई इपर वारेमा जानकारी दिइयो । इपरका उपमेयरले कोइरालालाई त्यस शहरको वारेमा वताए । कोइरालाले नेपाल सरकारको पहलमा इपरको वारेमा केही गर्ने वताइन । सुजाता कोइराला इपर आएपछी इपरको वारेमा वेल्जियमको नेपाली जागरुप भए । यो दौरान धेरैले म संग इपरको वारेमा जानकारी लिए । कति इपर आए । केही पत्रकार मित्रहरुले सहयोग गर्नु भयो । इपरको वारेमा नेपालमा पनि चर्चा हुन थाल्यो । नेपाली राजदुतावासका तत्कालिन राजदुत प्रमेश कुमार हमालले पनि इपरको वारेमा महत्व दिन थाले।
सन २०११ देखि तमु समाज र वेल्जियममा रहेका अरु संगठन पनि नोवम्वर ११ ता इपर आउने क्रम भयो । हुनत तमु समाजले २००३मा पनि इपरमा आइ श्रद्धान्जली अर्पण गरेको थियो । तर २०११ पछी निरन्तरता दिने वतायो । नोवम्वर ११ ता को विशेष महत्व छ इपरको सम्वन्धमा । सन २०१८ नोवम्वर ११ तारिक ११ वजे विश्वमा प्रथम विश्व युद्धको समाप्ती भएको दिन । यस पछी शुरु भयो हरेक वर्षइपरमा मरेका असंख्य मृतकहरुको सम्झना गरिने दिन । सन २०११ मा तमु समाजका तत्कालिन अध्यक्ष श्रीप्रसाद गुरुङ्गले भने भाइ यहा इतिहास छ हामीले केही गर्नु पर्छ ।
एक दिन एन आर एन अध्यक्ष जानकी गुरुङ्गले फोन गरिन र भनिन इपरको वारेमा एउटा अध्ययन कमिटी वनेको छ । तपाइपनि त्यो कमिटीमा हुनु हुन्छ । एन आर एन वेल्जिमका आइ सि सदस्य अर्जुन कुमार श्रेष्ठ एन आर एन वेल्जियमका पर्ुव अध्यक्ष युवराज गुरुङ्ग सहितको टोली थियो त्यो जसको संयोजक थिए नेपाली दुतावास वेल्जियमका मिनिष्टर काउन्सिल कुमार राज खरेल । युद्धमा मृतकहरुको रर्ेकर्ड राख्ने वेलायती संस्था कमन वेल्थ ग्रेभ कमिसनको वेवमा नेपालीको राष्टियता भारतिय लेखिएको थियो । मैले टोलीलाई यी विषय सच्याउन सो संस्थामा कुरा गर्ने र स्मारक वनाउने विषयमा नगरपालिका संग कुरा राख्ने विषय उठान गरे । संयोजक कुमार राज खरेलको पहल मा सो संस्थाको इपर डारेक्टर इयान हुसेन संग भेटियो । उनले आफुले पहल गर्ने जनाए । खरेल श्रेष्ठ र गुरुङ्ग सवै काम छोडी दशौ पल्ट पुगे इपरमा । केही समय पश्चात सो संस्थाले सवै सच्यायो । उता स्मारक वनाउने विषयमा तत्कालिन राजदुत हमालले इपरका मेयर संग भेट गरे । इपरका मेयरले सक्दो प्रयास गर्ने वताए । राष्टिय स्तरको कुरा भएको कारण मिनिष्टर काउन्सिल खरेलले यसलाई निरन्तता दिए । अन्तत हामी सवैलाई उपयुक्त हुने स्थान दिन इपर प्रसासन मन्जुर भयो । खरेलको निरन्तता नभएको भए सायद आज यो हुन सक्ने थिएन ।
तर स्मारक वनाउने स्थान दिन मन्जुर हुदा नहुदै वेल्जियममा इपरमा स्मारक कस्ले वनाउने भन्ने विवाद भयो । तमु समाज प्रथाम विश्व युद्धमा इपरमा धेरै गुरुङ्गहरुले विरगती पाएको र हरेक वर्षइपरमा आफनो पहलमा श्रद्धान्जली कार्यक्रमको आयोजना गर्ने गरेको हुदा आफुले स्मारक वनाउनु पाउनु पर्ने वतायो । उता राजदुतावास र एन आर एन वेल्जियम सवै नेपालीको साझा स्मारक भएको हुदा एन आर एन ले वनाउनु पर्छ भन्न थाले ।
सन २०१४ प्रथम विश्व युद्धको शुरु भएको सय वर्ष। यस अवसरका विशेष कार्यकम गदैछ इपरमा । त्यस अवधीमा स्मारक वनाउदा राम्रो हो । तर वेल्जियमको नेपाली समाज इपर राजनितीवाट अगाडी वढन सकेको छैन ।
विवादको विच वेल्जियममा इपर स्मारक वनाउने दुइवटा समिती वने । सवै भन्दा पहिले तमु समाजको पहलमा एउटा समिती वन्यो । उनिहरुले मलाई त्यो समितीको सदस्यसचिवमा प्रस्ताव गरे । तर विवाद अन्त्य गरेर एउटा समिती वनाउनु पर्ने जनाइ त्यसमा जान मन्जुर गरिन । उता नेपाली दुतावास वेल्जियम र एन आर एन वेल्जियमवाट पनि एउटा समिती वन्यो । त्यसमा पनि मलाई सदस्य सचिवमा प्रस्ताव गरे । ५५ सदस्य समिती वन्यो भन्ने सुने । मेरो नाम प्रस्ताव भएन छ ।
इपरमा मैले विश्व राजनेतालाई आएर शिर निहुराएको देखेको छु । कुनै समय आधा संसार मेरो भन्ने वेलायतकी महारानी एलिजावेथ समेतलाई नतमस्तक हुदै गर्दा इपरमा देखेको छु । उनिहरुको संझनाले मलाई अझै उर्जा दिन्छ ।
यी दुवै समितीमा म वस्नु र नवस्नु मा मेरो जित र हार होइन । पत्रकारितामा लागेको यी वर्षरुमा पनि वेल्जियमको नेपाली वाहुल्यता रहेको समाज वाट धेरै टाढा इपर वरपर वस्न मेरो इच्छालाइ टोडन सकेका छैन समयले । सन २००४ मा मनमा लिएको इपरलाई चिनाउने सपनामा मैले जितेको छु । गर्वको साथ म यो लडाइमा जितेर आएको सैनिकको रुपमा ठान्दै आज गोर्खा राइफल इन इपर वाइ महेश थापा वेव पल्टाउदै मैले सन्तोषको सास लिएको छु ।
(लेखक नेपाल पत्रकार महासंघ यूरोपका अध्यक्ष र नमस्ते यूरोप डट कमका संचालक हुनुहुन्छ)
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस