तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा कतार, १ कतारी रीयाल बराबर रु.२५/–का दरले १२,१५६/–रीयालमा १० प्रतिशत व्याज समेत जोडी आफ्नो खातामा जम्मा नभईरहेको एक नेपाली कामदारको रकम नेपाली राजदूतावासले दिलाई दिएकाछन्।
कतारमा एक नेपाली रेष्टुरेण्टमा कार्यरत काभ्रे महांकाल–५ तावरीका विपिन लामाले करीव १६ महिना अगाडी सिद्धार्थ वैंकको आफ्नो खाता नं ००१–०६९१९SR मा जम्मा गरेको रकम कतारी रीयाल १२,१५६/–जम्मा नभएपछि उनले सो जम्मा नभएको रकमको वारेमा चिन्ता गदैं सिद्धार्थ वैंक काठमाडौंंलगायत नेपाली राजदूतावास दोहा कतारमा सोको लागि छानविन गरी रकम दिलाई पाउन गुहार मागेका थिए।
पीडित विपिन लामा तत्कालिन सिद्धार्थ वैंकका म्यानेजर विवेक झालाई राजदूतावासमा बोलाई रकमको साँवाव्याज सहित दूतावासले तोकेको मितिभित्र बाँकी रकम पीडितको खातामा तुरुन्त जम्मा गर्न झालाई राजदूत डा. माया कुमारी शर्माले सुझाव दिदैं सोको लागि ७ दिनको म्याद दिएकाछन्।
राजदूत डा. शर्माले जानकारी दिए अनुसार १२,१५६/–रीयालमा १० प्रतिशत व्याजसमेत जोडेर आउने रकममध्ये रु ११३,०००/– विवेक झाले तुरुन्तै जम्मा गरिदिई सोको रसिदसहित जानकारी राजदूतावासलई दिईसकेको र पीडित विपिन लामाको खातामा सो रकम जम्मा पनि भईसकेको छ। बाँकी रकम बुझाउन विवेक कुमार झा लाई ७ दिनको म्याद नेपाली राजदूतावासले दिएको छ। सो म्याद अनुसार झाले जुन २५, २०१३ का दिनसम्म निजको खातामा बाँकी रकम जम्मा गरिसक्नुपर्नेछ र सोको रसिद सहितको जानकारी राजदूतावासलाई दिनुपर्नेछ।
यस विषयमा बुझ्न विवेक झासंग सम्पर्क गर्दा नेपाली राजदूतावासले तोकेको मितिभित्र साँवाव्याज सहित बाँकी रकम बुझाउने जानकारी दिएका थिए। विपिन लामा गत विहीवार नेपाल फर्कि सकेकाछन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस