Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एएनएले नेपालका बाढी पीडितलाई आर्थिक सहयोग जुटाउने

विजय थापा / एचकेनेपाल डट कम-
न्यु योर्क, अमेरिका, नेपालमा भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएपछि ३१औं एएनए आयोजक समिति तथा एएनए संचालक समितिले गहिरो दुख प्रकट गरेको छ।

एएनएले प्राकृतिक प्रकोपबाट घरबारबिहिन परिवारप्रति स्थानीय निकाय, सरकार तथा सम्पूर्णबाट ठूलो मानवीय सहयता तथा आर्थिक सहयोग पाउने छन् भन्ने विश्वास व्यक्त गरेको छ।

जुलाई ४-६ सम्म न्यु योर्कमा हुने ३१औ एएनए सम्मेलनमा करीब १० हजार जति सहभागी हुने अनुमान गरिएको छ। ३१ औ एएनए सम्मेलनका प्रमुख संयोजक समिर महर्जन तथा समूह तथा संचालक समितिको निर्णय अनुसार ३१ औ एएनए सम्मेलनमार्फत प्रत्येक सहभागी शुल्कबाट उठेको रकमबाट नेपालको बाढी पीडितको लागि $ १ डलर (अमेरिकन डलर )प्रदान गरिने जनाएको छ। साथै ३१ औ एएनए सम्मेलनमा नेपालको बाढीपीडितको लागि पृथक टेबलको व्यवस्था गरिने छ र आर्थिक संकलन राहत कोष बाकस (खुत्रुके )राखिने जनाएको छ।

एएनए सम्मेलनमा सहभागी हुन आएका प्रत्येकबाट उठेको $ १ डलर तथा संकलनबाट उठेको थप रकमसहित उठाई नेपाल सरकारको सम्बन्धित निकायलाई हस्तान्तरण गरिने एएनएले जनाएको छ।

यसै बिच एएनएका आजीवन सदस्य तथा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष-अर्जुनप्रसाद मैनालीले एक हप्ताको पुरै तलब एएनएमार्फत दिने घोषणा गरेका छन्। एएनएले यसको नेतृत्व लिने घोषणा गर्दै यस्तो मानवीय तथा आर्थिक सहयता गर्न अमेरिका भरि रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनी,संघ तथा संस्था तथा सबैलाई आग्रह गर्दै बिस्तृत जानकारी लिन चाहे निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न अाग्रह गरेको छ।

छेवांग शेर्पा लामा- emailsherpalama@gmail.com, New york ,347 355 8237
विजय थापा- thapamahoday@gmail.com, Virginia ,703 855 2579
समिर महर्जन- samirmaharjan.ny@gmail.com, New York 347 409 1293

दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए)


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by