Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपतिको उपचार खर्च ६० लाख

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ असार। राष्ट्रपति डा. रामवरण यादवको उपचार खर्चको लागि सरकारले ६० लाख रुपैयाँ दिने भएको छ।

जापानस्थित नेपाली दूतावासमार्फत ३० लाख रुपैयाँ राष्ट्रपतिको उपचारको लागि खर्च गरिने छ भने ३० लाख रुपैयाँ राष्ट्रपतिसंग जापान गएका उनका नातेदार, कर्मचारी र सहयोगीहरुको दैनिक भ्रमण भत्ता र भैपरी आउने खर्चको लागि छुट्ट्याएको छ।

दुई महिनादेखि पखला लागि रहने समस्याबाट पीडित राष्ट्रपति यादवलाई ग्राण्डी अस्पतालमा सीटीस्क्यान गर्दा ठूलो आन्द्रामा गिर्खा देखिएपछि चिकित्सकहरुले उपचारको लागि जापान लैजान सुझाब दिएका थिए। राष्ट्रपति यादव उपचारको लागि परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्नेत, छोरा चन्द्रमोहन, छोरी अनिता, निजी चिकित्सक यादव भट्ट, कानुनी सल्लाहकार सूर्य ढंगेल, सहयोगी गोरखबहादुर तामाङ र तीन सुरक्षाकर्मी गरी १० जनाको टोलीसहित सोमबार जापान गएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by