एचकेनेपाल डट कम संवाददाता-
काडमाडौं, ५ असार। देशको विभिन्न ठाउंमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ। पछिल्लो विवरण अनुसार दैलेखमा ७, बैतडीमा ५, अछाममा २, कालिकोटमा ४, बझाङमा १, डोटी १ र भारतको धार्चुलामा १ जना गरी मृतकको संख्या १८ पुगेको छ।
दैलेखमा मोहन कुमालको घर पहिरोले बगाउंदा एकै घरका ७ जनाको ज्यान गएको छ। मृत्यु हुनेहरुमा मोहन कुमाल, उनका पत्नी तुल्छा, छोराहरु गणेश, खगेन्द्र, नगेन्द्र, छोरीहरु कृष्ण र गीता रहेका छन्। बैतडीमा र अछाममा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा सिद्धेश्वर गाविस वडा नम्बर ९ का रामसिंह ऐरीको घर पहिरोले बगाउँदा उनका पत्नी कलावती, छोरा परमेश्वर, छोरी बिन्ध्येश्वरी, बुहारी सीता र एक वर्षीय नाती अर्जुन रहेका छन्।
त्यस्तै अछाममा मिनबहादुर बोगटीको घर पहिरोले पुरिदा उनका पत्नी अनिशा र ४ वर्षीया छारी रविनाको मृत्यु भएको छ। कालिकोट सिप्खानामा पहिरोले घर भत्किदा दल सार्कीको मृत्यु भएको छ। शन्निगाड खोलामा आएको बाढीले १३ जनालालाई बगाएकोमध्ये ३ जनाको शव फेला पारेको छ।
बझाङमा लेक गाविसमा बाटोमाथिबाट खसेको ढुंगाले लागेर १५ वर्षीय करण चलाउनेको मृत्यु भएको छ। त्यसैगरी, भारतको धार्चुलामा पहिरोले पहिरोले पुरेर जाजरकोटको प्रेम हमालको मृत्यु भएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस