Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हिमालयन हिरो आप्पासहितको टोली सिक्लेसमा

देवीजंग तमु / एचकेनेपाल डट कम-
पोखरा, ३० फागुन । सगरमाथामा २१ पटक पाइला राखिसकेका कीर्तिमानी आरोही तथा ग्रेट हिमालय ट्रेल समूहका प्रमुख आप्पा शेर्पा सहितको २२ सदस्यीय टोली कास्कीको पर्यटकिय गाउँ सिक्लेस पुगेको छ।

सवैभन्दा लामो पदमार्ग ग्रेट हिमालयन ट्रेल नामक १७ सय किलोमिटर लामो पदयात्रा गर्ने क्रममा गत माघ १ गतेदेखि ताप्लेजुङ्गबाट यात्रा सुरु गरेका अप्पा सहितको टोली ५९ औँ दिनमा मंगलवार कास्कीको पर्यटकिय गाउँ सिक्लेस पुगेको हो। टोली लमजुङ्गको वेसीसहर, घलेगाउँ, पसगाउँ र कास्कीको याङ्जाकोट हुदै सिक्लेस पुगेको हो।

पर्यटक आकर्षित गर्न र जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभाव, सम्वन्धित स्थानका नागरिको अवस्था र वातावरणीय प्रभावका वारेमा बुझ्ने पदयात्राको मुख्य उद्धेश्य रहेको टोलीका सदस्य एवं पत्रकार शौरभ ढकालले जानकारी दिनुभयो। पत्रकार ढकालका अनुसार सिक्लेसबाट टोली म्याग्दीको बेनी जानेछ।

यात्रामा आप्पासहित दुइ पटक सगरमाथा आरोही दावा स्टेफन शेर्पा, पत्रकार सौरभ ढकाल र क्यामरापर्सन समिर जंग थापा हुनुहुन्छ।

एक सय २० दिनभित्र १७ किलोमिटर पदयात्र पुरा गर्ने लक्ष्य राखेको टोलीले पश्चिमको दार्चुला पुगी ग्रेट हिमालयन ट्रेल यात्रा समापन गर्ने वताइएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by