दुई दिनदेखि बेपत्ता आशा राई अस्पतालमा भेट्टिइन्
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १७ जुन। दुई दिनदेखि बेपत्ता भएकी आशा राई चुन मुन अस्पतालमा भेटिएकी छन्।

उनी हराएकै दिन शनिवार राति करीव साढे ९ बजे अस्पतालमा भर्ना भएको बताएपनि कसरी र कुन अवस्थामा त्यहाँ पुगेकी वा पुर्याएकी हुन् त्यसबारे अस्पतालले थप विवरण उपलव्ध गराउन चाहेन।

फिजिकल फिटनेस सेन्टर र एमटिआर अक्टोपस कार्डको रेकर्ड अनुसार बेपत्ता राईको पहिचान खुलेपछि दुई दिनपछि प्रहरीले उनको परिवारलाई सूचित गरेको थियो।

अहिले उनी परिवारको सम्पर्कमा रहेको उनका जेठा छोरा अलेक्स तामाङले एचकेनेपाल डट कमलाई बताए। छोरा अलेक्सका अनुसार उनी अहिले चुन मुन अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी छिन्।


हङकङमा दुई दिनदेखि नेपाली महिला बेपत्ता
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १६ जुन। दुई दिनदेखि हङकङमा एक नेपाली महिला बेपत्ता भएकी छन्। नेपालमा धरान-८ भोटेपुलमा स्थायी घर भएकी ४३ वर्षीया आशा राई दुई दिनदेखि बेपत्ता भएको उनका परिवारले जनाएको छ।

करीव १७ वर्षदेखि हङकङमा रहेकी राई परिवारसहित टिन शुई वाईमा बस्दै आएकी थिइन्। दुई छोरा एक छोरीकी आमा राई अन्तिम पटक युन लङस्थित फिजिकल फिटनेस सेन्टरमा साँझ साढे ७ बजे देखिएकी थिइन्। त्यसपछि घर नफर्केकी राईलाई कसैले देख्नु भए निम्न फोन नं. मा सम्पर्क गर्न राईको पति धर्मानन्द तामाङले आग्रह गरेका छन्।

सम्पर्क नं. 64437767, 90599041, 91004870 or 60366424

फाइल फोटोहरुः


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस